लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गर्मी महिनामा महिलाहरुलाई गर्मीबाट राहत प्रदान गरोस् भन्ने उद्देश्यका साथमा जापानको एक कपडा कम्पनीले महिलाहरुको भित्री बस्त्र ब्रा मै पंखा र पानीको सुविधा सहित ब्रा को निर्माण गरेको छ । जसको हालै मात्रमा जापानको राजधानी टोकियोमा एक समारोहबीच जानकारी गराइएको थियो । यस किसिमको ब्रा ले महिलाहरुले गर्मीबाट राहत तथा छुटकारा पाउने यस ब्रा उत्पादक कम्पनी ट्रम्प इन्टरनेशनलको दावा रहेको छ । यो ब्रा को भित्र विशेष प्रकारको थैलीमा पानी भरिएको हुने र यदि महिलाले आफूलाई गर्मी महशुस गरेमा ब्रा मा रहेको एउटा तुना तानेर सो थैलीको पानीले आफ्नो वक्षस्थल भिजाउन सक्नेछन् । यदि यसले पनि गर्मीबाट राहत नदिएको खण्डमा ब्रा जडित पंखा चलाएर गर्मीबाट राहत पाउन सक्ने सो ट्रम्प इन्टरनेशनल कम्पनीले जनाएको छ । सो ब्रा लगाउनु अघि दुई घन्टा फ्रिजमा राख्नु पर्ने कम्पनीले जनाएको छ । यस्तै सो कम्पनीले गर्मीमा महिलाहरुलाई राहत प्रदान गर्न शीतल मिनिस्कर्टको पनि निर्माण गरेको छ । जालीयुक्त सो मिनिस्कटले शीतलताका साथै महिलालाई लामखुट्टेको टोकाइले पनि बचाउने कम्पनीले जनाएको छ । गतबर्ष जापानमा आएको सुनामी र भूइँचालोपछि उर्जासंकटका कारण महिलाहरुले घरमा विजुलीबाट पंखा चलाउन नपरोस् र विजुली वचत गर्ने अभियान स्वरुप सो कम्पनीले यस खाले ब्रा र मिनिस्कर्ट डिजाइन गरेको बताएको छ ।
No comments:
Post a Comment