लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दमक, झापा, लिम्बुवान, बैशाख २९, २०६९,संघीयता कार्यान्वयन लिम्बुवान संघर्ष समितिले बैशाख ३० गते लिम्बुवान झापा दमकको गणतन्त्र चोकमा संघीयता र जातीय पहिचा तथा आत्मनिर्णयको अधिकारसहितको अरुण-सप्तकोशीपूव ९ जिल्ला लिम्बुवान स्वायत्त राज्यको संवैधानिक सुनिश्चितताका लागि लिम्बुवानका सबै राजनीतिक दल तथा जातीय सामाजिक संघ-संस्थाहरूको सामूहिक आयोजना र पहलमा लाखौं जनताहरूलाई सडकमा उतारेर विशाल जनप्रदर्शन सभा गर्दैछ ।
यस ऐतिहासिक विशाल जनप्रदर्शन सभालाई सबै दलका प्रमुख नेतृत्व तथा लिम्बुवानका सबै सभासदहरू र लिम्बुवान स्वायत्र क्षेत्रका नेतृत्व, गैर लिम्बू, बुद्धिजीवी अभियन्ता तथा संघ-संस्थाका नेतृत्वहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बैशाख ३० गते शनिबार विहानको ११ बजेबाट सुरुहुने यस जनप्रदर्शन सभालाई संघीय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन 'मिराक', लिम्बुवान मुक्ति मोर्चाका अध्यक्ष वीर नेम्बाङ, एकीकृत नेकपा माओवादीका धर्मचन्द्र लावती, टंक आङबुहाङ र श्रीप्रसाद जबेगू; नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा संघर्ष समितिका संयोजक विजय सुब्बा र केन्द्रीय सदस्य रकम चेम्जोङ; नेपाली कांग्रेसका महासमिति सदस्य तथा नेपाल लिम्बू संघका अध्यक्ष प्रवीण नेम्बाङ, नेकपा एकीकृतका केन्द्रीय सदस्य भुपेन्द्र नेम्बाङ, राष्ट्रिय जनमुक्ति पार्टीका उपाध्यक्ष केपी पालुङ्वालगाययत संघर्ष समितिका सबै प्रमुख नेतृत्वहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी, मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, संघीय महिला परिषदका अध्यक्ष शान्ता योङहाङ, महासचिव अमृता थेबे, संघीय धिमाल स्वायत्त परिषदका महासचिव मातृका धिमाल, संघीय लेप्चा स्वायत्त परिषदका अध्यक्ष डुपद्धिरिङ लेप्चा, संघीय आठपहरिया स्वायत्त परिषदका अधयक्ष अष्टबहाखुर आठपहरिया, संघीय याक्खालेन स्वायत्त परिषदका महासचिव शान्ता याख्खाले सम्बानेध गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी, लिम्बुवानका अभियन्दा तथा बुद्धिजीवी पत्रकार भवानी बराल, मञ्च सम्ब्द्ध लिम्बुवानका केन्द्रीय सदस्य इन्द्र श्रेष्ठ, लिम्बुवान बुद्धिजीवी परिषदका अध्यक्ष भानु भट्टराई, लिम्बुवानका केन्द्रीय सदस्य दिलकेशर थापा क्षेत्री र बुद्धिजीवीहरूको तर्फबाट त्रि.वि. सह-प्राध्यापक वालकृष्ण माबुहाङ एवम् किरात याक्थुङ चुम्लुङका अध्यक्ष उत्तमसिङ थाङ्देनलेसमेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
विभिन्न पार्टी सम्बद्ध लिम्बुवनका सभासदहरू मा. ध्रुव आङ्देम्बे, मा. पाशाङ शेर्पा, मा. विश्वदीप लिङ्देन, रणध्धज कन्दङ्वा लगायत सबै लिम्बुवानका सभासदहरूले उक्त जनप्रदर्शन सभालाई सम्बानेध गर्ने कार्यक्रम रहेको छ ।
लिम्बुवान आइडलका उत्कृष्ट १० प्रतिस्पर्धीहरूको विशेष साङ्गीतिक प्रस्तुतीसमेत रहने यो कार्यक्रमको सञ्चालन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव तथा संघीयता कार्यान्वयन लिम्बुवान संघर्ष समितिका सचिव खगेन्द्रम माखिमले गर्नेछन् ।
यस कार्यक्रमलाई स्थानीय टेलिभिजन र एफएमहरू ले प्रत्यक्ष प्रशारण गर्नेछन् । साथमा, यो कार्यक्रको शुरुदेखि अन्त्यसम्मको पूरै प्रत्यक्ष वेब प्रशारण संसारभर सुन्न र हेर्न सकिने गरी www.nepalisamachar.com वेब लिंक http://ustre.am/JXUf तथा फेसबुक पेज www.facebook.com/limbuwanstate वा युजर नाम Limbuwan Nepal बाट प्रत्यक्ष प्रशारण गरिनेछ ।
- डीबी आङ्बुङ लिम्बू, लिम्बुवान
No comments:
Post a Comment