लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख ३१ - प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले प्रधानमन्त्री बाबुराम भट्टराई संविधानसभाको म्याद थप्ने गृहकार्यमा जुटेको खुलासा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा बोल्दै पौडेलले संविधानसभाको म्याद थपेर भए पनि संविधान जारी गर्ने स्पष्ट पार्दै कानूनी जटिलता मिलाएर भए पनि संविधानसभाको म्याद थपिने बताए । उनले संविधान जारी नभई संविधानसभा विघठन हुन नसक्ने ठोकुवा गर्दै संविधानसभाको म्याद नथपिए मुलुक भयंकर अराजकतामा फस्ने चेतावनी दिए । पौडेलले भने, 'उपयूक्त विकल्प बिना संविधानसभा विघठन हुन दिनु हुँदैन । प्रधानमन्त्री भट्टराई पनि संविधान जारी नभई संविधानसभा विघठन हुन दिन नहुने पक्षमा हुनुहुन्छ ।' मुलुकमा संघीयतालाई असफल बनाएर पुरानै अवस्थामा फर्काउने षडयन्त्र भईरहेको दावी गर्दै पौडेलले अखण्ड सुदुरपश्चिमको आन्दोलन त्यस्तै षडयन्त्रकारीहरुले सन्चालन गरेको आरोप लगाए । पछिल्लो समयमा भइरहेको षडयन्त्र र चलखेल अन्त्यको लागि पनि नेकपा एमाले तत्काल सरकारमा आउनु पर्ने उल्लेख गर्दै सहमतिको सरकार बनाएर चलखेल नियन्त्रण गर्न नसके मुलुक गंम्भीर अराजकतामा फस्ने चेतावनी दिए । जातीय सहित संस्कृति र भाषागत पहिचान सहितको संघको नामाकरण हुनु पर्ने भन्दै माओवादीले पहिचानलाई पुरै छाड्न नसक्ने उनको स्पष्टोक्ती थियो ।
No comments:
Post a Comment