लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सभामुख सुवास नेम्वाङले अन्तरिम संविधानमा उल्लेख भएबमोजिम सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल र त्यसको उपलब्धिलाई संस्थागत गर्न बाटो नबिराउन दलहरूलाई आग्रह गरेका छन् । शान्ति र संविधानका लागि भन्दै प्रेस चौतारी नेपालको देशव्यापी दबाब सिर्जना गर्ने क्रममा ज्ञापनपत्र बुझ्दै उनले राजनीतिक दलहरूलाई आफ्ना सबै अडान त्यागी सहमतिमा तोकिएको मितिभित्र संविधान बनाउन आग्रह गरे । चौतारीले आजै ७५ जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ । यसअघि उक्त टोलीले प्रमलाई काठमाडौँको प्रमुख जिल्ला अधिकारीमार्फत सोही ज्ञापनपत्र बुझाएको थियो ।
No comments:
Post a Comment