News

May 12, 2012

वीरगन्जलाई राजधानी बनाउन भन्सारमा नाकाबन्दी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 वैशाख ३० - वीरगन्जलाई प्रादेशिक राजधानी बनाउन आन्दोलन गरिरहेको सर्वदलीय समितिले शनिबार मूख्य भन्सार नाका ठप्प पारेका छन् । विहान ९ बजे घन्टाघरबाट निस्केको जुलुसले मूख्य नाकाको गेट बन्द गरेको हो । नाका बन्दका कारण सवारी आवागमन ठप्प बनेको छ । बन्दकर्ताहरु मूख्य सडकमै टेन्ट लगाएर धर्नामा बसेका छन् । सीमा वारपार गर्ने सर्वसाधारण मारमा परेका छन् । आर्थिक एवम् ऐतिहासिक नगरीलाई प्रादेशिक राजधानी बनाउन विभिन्न दल सम्मिलित भएर गठित सर्वदलीय समितिले सशक्त दबाबमुलक कार्यक्रम अन्तर्गत अन्तराष्ट्रिय नाका ठप्प गर्ने निर्णय गरेको पर्सा कांग्रेस सभापति सुरेन्द्र चौधरीले बताए । सर्वदलीय, सर्वपक्षीय संघर्ष समितिबाट मधेशवादी दल बाहिरीएका छन् । संयुक्त मधेशी मोर्चाले शनिबार बिहान पत्रकार सम्मेलन मार्फत संघर्ष समितिबाट छुट्टएिको जनाए । आफूहरु समग्र मधेश एक प्रदेशका लागि आन्दोलनरत रहेको बताए । सर्वदलीय संघर्ष समितिमा कांगेस, एमाले र माओवादी एकजुट भएका छन् । माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने संघर्ष समितिका अध्यक्ष चौधरीले बताए । सामर्थ्य, पहिचान, क्षमता र पूर्वाधार विकासका हिसाबले वीरगन्ज मधेश वा भोजपुरिया क्षेत्रको राजधानी बनाउन उपयुक्त भएको संघर्ष समितिको दाबी छ । मुलुकमै औद्योगिक क्रान्तिको सूत्रधार रहेको र वर्तमान समयमा आर्थिक राजधानीका रुपमा विकसित भएको समितिको ठहर छ ।

No comments: