News

May 3, 2008

क्रान्तिकारी विद्यार्थीहरुले पहिलो वैठकमा दवाव दिने

लिम्वूवान डट व्लगस्पोट डटकम,धरान
आगामी जेष्ठ पहिलो साता वस्ने संविधानसभाको पहिलो वैठकवाट गणतन्त्र तथा राजसस्थाको वारेमा निणार्यक कार्यन्वायनका लागि क्रान्तिकारी विद्यार्थीहरुले वैठक स्थानको मुल गेटमा खवरदारी गर्ने भएका छन् ।अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले पहिलो वैठकले जनताको चाहना अनुरुपको गणतन्त्र धोषणालाई नितिगत रुपमा धोषणा नगरुन्जेल मुल गेटमा दवाव दिईने वताउनुभएको हो ।सोमवार पूर्वाञ्चल ईञ्जिनियरीङ्ग अध्ययन सस्थान अन्र्तगतको पूर्वाञ्चल ईञ्जिनियरीङ्ग क्याम्पस धरानमा अखिल क्रान्तिकारी मुल ईकाइृ कमिटिले आयोजना गरेको नवआगन्तुक विद्यार्थीलाई स्वागतकार्यक्रममा वोल्दै अध्यक्ष न्यौपानेले यस्तो धारण राख्नु भएको हो ।'पहिलो वैठकले नै राजा र राजनन्त्रको फैसला गर्ने भनेर अन्तरिम संविधानमा उल्लेख भए वमोजिम कार्यन्वायन नहुन्जेल धर्ना जारी राख्छौ ।'-अध्यक्ष न्यौपानेले भन्नुभयो,'पहिलो वैठक एक वर्ष सम्म पनि हुन सक्छ भन्ने भनाई जनताका लागि कुतर्क भएकाले यस्ता भनाई नराख्न नेताहरुलाई आग्रह गर्नुभयो ।

No comments: