News

Oct 18, 2008

कांग्रेस सरकारमा सहभागी हुने विश्वास व्यक्त - प्रचण्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ ले नेपाली कांग्रेस सरकारमा सहभागी हुने विश्वास व्यक्त गर्नुभएको छ। महेन्द्रनगरमा शनिबार आयोजित पत्रकार भेटघाटमा प्रधानमन्त्री प्रचण्डले शनिबार साँझ कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासँग भेट गरी सरकारमा आउन औपचारिक अनुरोध गर्ने बताउनुभए पनि उहाँ राजधानी र्फकन नसक्नुभएकाले त्यो कार्यक्रम स्थगित भएको थियो ।मलाई विश्वास छ, कांग्रेस सरकारमा सहभागी हुन्छ। पछिल्लो समयमा कोइराला सरकारमा सहभागी हुने कुरामा सकारात्मक देखिनुभएको छ’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो- कोइराला अहिले बीसबाट उन्नाइसतिर आउनुभएको छ।’संविधान लेख्ने काममा कांग्रेससँग मिलेर जानु आवश्यक रहेकोसमेत उहाँले बताउनुभयो।नेकपा (माओवादी) को नाम परिवर्तन गर्ने विषयमा पार्टीरकै वरिष्ठ नेताबाट विरोध भइरहे पनि पार्टीध्यक्ष रहनुभएका प्रचण्डले पार्टीत्र विरोधको कुरा आफूलाई थाहा नभएको प्रतिक्रिया दिनुभयो। सबै कम्युनिस्ट पार्टी एक हुनुपर्दछ र सबैको पुच्छर हट्नुपर्छ भन्ने अभ्यास विगत दुइ वर्षेखि भइरहेको छ, यो कुनै नौलो र चर्चाको विषय होइन’ -उहाँले भन्नुभयो।

No comments: