News

Oct 15, 2008

सरकार भर्खर गठन भएकाले सरकारको आलोचना गर्ने समय नभएको - झलनाथ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा एमालेका महासचिव झलनाथ खनालले सरकार भर्खर गठन भएकाले सरकारको आलोचना गर्ने समय भइनसकेको बताउनुभएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सरकारले गरेका राम्रा कुरालाई दृढतापूर्वक समर्थन गर्ने र कमी, कमजोरी भए आलोचना गर्ने उहाँले बताउनुभयो ।नेकपा एमालेको आगामी महाधिवेशनका निम्ति आयोजक कमिटी नबनाई पूर्ण सहमतिका साथ जाने निर्णय गरिएको जानकारी खनालले दिनुभयो । यसैगरी नेकपा एमालेका पूर्वमहासचिव माधवकुमार नेपालले वर्तमान सरकारको 'हनिमुन' अवधि पूरा नभएको अवस्थामा आलोचना गर्न नहुने बताउनुभयो ।वर्तमान सरकारले आफ्नो कार्यसम्पादन प्रभावकारीरूपमा अगाडि बढाउनुपर्ने र जनतालाई राहत उपलब्ध गराउनुपर्नेमा जोड दिँदै उहाँले आफू बाहिर रहनुपरेकाले देशभित्रको कामलाई प्राथमिकता दिन नसकेको भन्ने प्रधानमन्त्री प्रचण्डको भनाइलाई ध्यानमा राखी अब सरकारको कामकारबाही सशक्तरूपले अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

No comments: