News

Oct 14, 2008

राष्ट्रपति र प्रधानमन्त्रीले लिए पशुबलिको भाग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दशैं अवधिभर हनुमानढोकास्थित दशैंघरमा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री उपस्थित नभए पनि उनीहरूलाई दशैं भाग भने बुझाइएको छ। दशैंको चतुदर्शीका दिन दशैंघरस्थित कोतमा पशुबलि दिने बेला बलिको भाग लिन राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री कार्यालयका कर्मचारीको घुइँचो लागेको थियो।परम्पराअनुुसार सोमबार चतुदर्शीका दिन ५४ वटा बोका र ५४ वटै राँगा बलि दिँदा तीनैवटा कार्यालयका कर्मचारी आ-आफनो भागको बोका र राँगा लिन हनुमानढोका उपस्थित भएका थिए।सरकारकै निर्देशनअनुसार कौसीतोषाखानाले राष्ट्रपतिका लागि राँगा र बोका एक-एकवटा तथा ती दुवैको छुट्टाछुट्टै टाउको उपलब्ध गराएको थियो। प्रधानमन्त्रीका लागि पनि सोही दरले राँगा र बोका तथा त्यसका टाउको उपलब्ध गराएको थियो। प्रधानसेनापतिका लागि बोका एउटा र तीनवटा राँगाको टाउको उपलब्ध गराएको थियो।कौसीतोषाखानाको निर्देशनमा संस्कृति तथा राज्य पुनः संरचना मन्त्रालयका लागि तीनवटा बोका, राँगा एउटा, राँगाको टाउको एउटा र तीनवटा बोकाको टाउको उपलब्ध गराएको थियो।मध्या³न १२ बजे शुरू भएको बलि कार्यक्रम हुनु एक घण्टाअघि बलिको भाग लिन तीनवटै कार्यालयका कर्मचारी उपस्थित थिए।कौसीतोषाखानाका प्रमुख दामोदर सुवेदीले बोका र राँगा भाग लगाएका थिए। राँगा र बोका लिन गुठी, कौसीतोषाखाना, प्रहरी कार्यालय, सेनाका गुल्मलगायत निकायको घुइँचो लागेको थियो।कुपन वितरण गरिए तापनि दशैंघरमा बलिको राँगा र बोका लिन ठूलो घुइँचो लागेको थियो।परम्पराअनुसार विजयादशमीको कालरात्रि, महानवमी र चतुदर्शीका दिन ५४ वटा राँगा र बोकाको बलि दिने प्रचलन रहेको छ।

No comments: