News

Oct 20, 2008

कांग्रेस पनि वर्तमान गठवन्धन सरकारमा आउने - प्रचण्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान गठवन्धन सरकारको विकल्प नभएकाले कांग्रेस पनि सरकारमा आउने बताउनुभएको छ । माओवादी वा कांग्रेसलाई अलग्याएर नयाँ संविधान बनाउन नसकिने भन्दै उहाँले सरकारमा नजाने अडानवाट काग्रेस विस्तारै पग्लदै गएको बताउनुभयो ।नेपालगञ्जका माओवादी निकटका बुद्धिजिविहरुसँग भएको अन्तरक्रियामा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले दलहरु एक आसपमा मिल्नुको कुनै विकल्प नरहेको धारणा राख्नुभयो । गठवन्धन सरकारमा कुनै विवाद नरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकर नरहे मुलुकको अस्तित्व नरहने दावी गर्नुभयो ।तिहार अघि नै राजनीतिक नियुक्तिको टुङ्गो लगाएर सुरक्षा निकाय र कर्मचारीहरुको सरुवा बढुवा गरिने र द्वन्द्वकालमा घर परिवार गुमाएकाहरुको लागि राहत तथा पुनस्थापना कार्यक्रम ल्याइने उहाँको भनाई थियो । उहाँले माओवादीप्रति अन्तर्राष्ट्रिय समुदायमा रहेका भ्रम अन्त्य भइरहेको र आफ्नो विदेश भ्रमणले त्यसलाई ठूलो टेवा दिएको बताउनुभयो ।

No comments: