News

Oct 20, 2008

गृह प्रशासनमा व्यापक हेरफेर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
शान्तिसुरक्षालाई सबल बनाउने उद्देश्यले गृह मन्त्रालयले आफू मातहतका निकायमा व्यापक हेरफेर र सरुवा गरेको छ। जसअनुसार कारागार व्यवस्था विभागको महानिर्देशकमा भोलाप्रसाद शिवाकोटी र निर्देशकमा डिल्लीप्रसाद शिवाकोटीलाई सरुवा गरेको छ।मन्त्रालयले ६७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई सरुवा गर्नुका साथै हेटौंडाका सहक्षेत्रीय प्रशासकमा गणेशबहादुर खत्री र पोखराका सहक्षेत्रीय प्रशासकमा केशरबहादुर बानियाँलाई सरुवा गरेको छ।गृहले काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा ध्रुव शर्मा, ललितपुरमा लक्ष्मीप्रसाद ढकाल, भक्तपुरमा कमलमणि काफले, मोरङमा शशीशेखर श्रेष्ठ, झापामा नरेन्द्र दाहाल, सप्तरीमा रामविलास राय, सिरहामा गेहनाथ भण्डारी र धनुषामा शम्भु कोइरालालाई सरुवा गरेको छ।त्यसै गरी र्सलाहीमा बलिरामप्रसाद सिंह, महोत्तरीमा तारानाथ गौतम, पर्सा शंकरप्रसाद कोइराला, रौतहटमा कमलेशकुमार सिंह, मकवानपुरमा अनिलकुमार पाण्डे, कास्कीमा माधवप्रसाद ओझा, दाङमा श्रीवत्स घिमिरे, कैलालीमा बाबुराम लामिछाने, सुर्खेतमा रुद्रप्रसाद पौडेल, बाँकेमा माधवप्रसाद रेग्मी र कञ्चनपुरमा कलाघर देउजालाई प्रजिअका रूपमा सरुवा गरिएको छ।त्यस्तै धादिङमा उद्धवबहादुर थापा, नुवाकोटमा अब्दुलकलाम खान, काभ्रेमा नेत्र न्यौपाने, सिन्धुपाल्चोकमा भानुभक्त पोखरेल, दोलखामा काशीराज दाहाल, जुम्लामा जनकराज रेग्मी, हुम्लामा शिवप्रसाद नेपाल, मुगुमा जितेन्द्रबहादुर भण्डारी, कालिकोटमा सीताराम कार्की, डोल्पामा बलदेवप्रसाद भट्टलाई सरुवा गरेको छ।गृहले प्रमुख अध्यागमन अधिकृतमा द्रोण पोखरेल र क्षेत्रबहादुर भण्डारीलाई ल्याएको छ भने प्रहरी किताब खानाको महानिर्देशकमा उद्धवप्रसाद भट्टर्राईलाई सरुवा गरेको छ।मन्त्रालयले सुनसरी, चितवन, रूपन्देही, गोर्खा, म्याग्दी, पाल्पा, अर्घार्खाँची र दार्चुलाको प्रमुख जिल्ला अधिकारीलाई भने यथावत् राखेको छ। अन्य जिल्लाका सबै प्रजिअको सरुवा गरेको गृह मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले केही सहायक प्रमुख जिल्ला अधिकारी र केहीलाई मन्त्रालयमा काजमा ल्याएको छ।

No comments: