News

Oct 18, 2008

आर्थिक विकासको थालनी सुदूरपश्चिमक्षेत्रबाट गरिने - प्रचण्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक विकासको थालनी सुदूरपश्चिमक्षेत्रबाट गरिने बताउनुभएको छ । सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव, २०६५ को आज शुक्रबार महेन्द्रनगरमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सुदूरपश्चिमलाई आर्थिक विशेष क्षेत्रका रुपमा विकास गरी विकासको नयाँ प्रक्रिया थालिने उहाँले बताउनुभयो । आमजनतालाई नयाँ नेपाल निर्माणका लागि एकजुट हुन आहृवान गर्दै प्रधानमन्त्रीले वर्तमान सरकारले पूर्ण जिम्मेवारीका साथ काम गर्ने अठोट पनि व्यक्त गर्नुभयो ।सुदूरपश्चिमक्षेत्रमा विश्वविद्यालय स्थापना गर्न पहल गरिने आश्वासन दिँदै उहाँले यस क्षेत्रमा सडक निर्माणका लागि पर्याप्त रकम अर्थमन्त्रीले संविधानसभामा बजेटमार्फत प्रस्तुत गरिसकेको स्पष्ट गर्नुभयो । सुदूरपश्चिममा बाढी-पहिरोले पुर्‍याएको क्षतिबारे आफू अमेरिका भ्रमणमा छँदै थाहा पाएपछि गृहमन्त्रालयलाई तत्काल राहत र पुनर्निर्माणका लागि निर्देशन दिएको प्रधानमन्त्री प्रचण्डले स्मरण गर्नुभयो । उहाँले दुइ वर्षभित्र निरक्षरता उन्मूलनका लागि सरकारले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी पनि दिनुभयो ।

No comments: