News

Oct 29, 2008

गोवर्धन पूजा गोरु पूजा र म्ह पूजा गरिँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालीकहरुको दोस्रो महान् चाड तिहारको चौथोदिन आज बुधबार देशभर परम्पराअनुसार गोवर्धन पूजा, गोरु पूजा र म्ह पूजा गरिँदैछ । आजै आ-आफ्नो आँगनमा लिपपोत गरी गोवर्द्धन पर्वतको प्रतीकका रूपमा गाइको गोवरले पर्वतको आकृति बनाई गोवर्धन पूजा गरिन्छ ।द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नै हातले गोवर्द्धन पर्वत उचाली गोकुलवासीहरूलाई वर्षाबाट बचाई इन्द्रको घमण्ड नष्ट गरिदिनुभएकाले त्यसै बेलादेखि गोवर्द्धन पर्वतकोे पूजा गर्ने चलन चलेको हो भन्ने धार्मिक विश्वास रहेको छ । यसैगरी वर्षभरी हलो र गाडा तानेर मानिसको उपकार गरेको गोरुको पनि आजै पूजा गरिन्छ । यस्तै आजै नेवार समुदायमा पनि साँझ परिवारका सम्पूर्ण व्यक्ति बसी म्हपूजा अर्थात् आत्मपूजा गर्ने चलन छ । संसारमा सबैभन्दा महत्वपूर्ण आत्मा हो। आत्मा सन्तुष्ट भए देवता खुसी हुन्छन् र सबै काम फलिफाप हुनुका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको पाइन्छ ।

No comments: