News

Oct 14, 2008

चन्द्रनिगाहपुरस्थित बम विस्फोट हुँदा तीनजनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराइ आर्मी र तराइ राष्ट्रिय सेना संयुक्त टोलीले आज मंगलबार अपराहृन रौतहट जिल्लाको चन्द्रनिगाहपुरस्थित हनुमान होटल अगाडि बम विस्फोट गराउँदा तीनजनाको मृत्यु भएको छ । दसजना भन्दा बढी घाइते भएका छन् ।विस्फोटमा परी मृत्यु हुनेमा रौतहट, जुडिबेला­-३ का २४ वर्षीया शीला सिजालीमगर, उनकी दुइ वर्षीया छोरी सृष्टि र बारा, सिमराका वसन्त थापाकी चार वर्षीय छोरा दीपस थापा छन् । घाइतेको उपचार प्राथमिक स्वास्थ्य केन्द्रमा भइरहेको प्रहरीले जनाएको छ ।अपराहृन करिव ३ः४५ बजेको समयमा आएको समूहले सो होटल अगाडि टाइम बम राखेर भागेलगत्तै विस्फोट भएको बताइएको छ । घटनालगत्तै स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो । त्यसक्रममा प्रहरीले गोली चलाउँदा जुडिबेला गाविसका दीपक मैनाली र सञ्जय साह घाइते भएका छन् । तराइ आर्मीका केन्द्रीय उपाध्यक्ष शहनसा र तराइ राष्ट्रिय सेनाका प्रकाशको नेतृत्वमा बम विस्फोट गराइएको फोनबाट जिम्मेवारी लिइएको छ ।

No comments: