News

Oct 25, 2008

तीन राष्ट्रमा रहेका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले पूर्वसरकारमा सामेल सात पार्टीचको सहमति तोड्दै नेपालसँग महत्त्वपूर्ण कूटनीतिक सम्बन्ध राख्ने प्रमुख तीन राष्ट्रमा रहेका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ। सरकारले फिर्ता बोलाउन लागेका राजदूतमा अमेरिकाका लागि नेपाली राजदूत सुरेशचन्द्र चालिसे, बेलायतका लागि नेपाली राजदूत मुरारिराज शर्मा र भारतका लागि नेपाली राजदूत दुर्गेशमान सिंह रहेका छन्।फिर्ता बोलाउन लागिएका राजदूतहरू सबै नेपाली कांग्रेसको सिफारिसमा नियुक्त गरिएका थिए। जनआन्दोलनको सफलतापछि नेकपा (माओवादी) सहित सात दलको सरकारमा सामेल भएका सबै पार्टी सहमतिमा नेपाली कांग्रेसका तर्फाट ७, नेकपा 9एमाले) बाट ६ र माओवादीका तर्फाट ३ जना राजदूत नियुक्त गरिएको थियो।परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राजदूतहरू चालिसे, शर्मा र सिंहलाई फिर्ता बोलाउन परराष्ट्र मन्त्रालयले प्रस्ताव तयार पारिसकेको छ। स्रोत भन्छ- राजदूतहरूलाई फिर्ता बोलाउने प्रस्ताव आज शनिबार बस्ने मन्त्रिपरिषद् बैठकमा छलफलका लागि प्रस्तुत गरिनेछ।’परराष्ट्र स्रोतका अनुसार फिर्ता बोलाउन लागिएका राजदूतहरूको ठाउँमा माओवादी, मधेसी जनअधिकार फोरम र परराष्ट्र कर्मचारीका तर्फाट एक/एक जना राजदूत नियुक्त गरिने तयारी गरिएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकाको न्युयोर्कमा राष्ट्रसंघको ६३औं महासभामा भाग लिने क्रममा कुनै पनि देशमा कार्यरत नेपाली राजदूतहरूलाई पर्ूवसरकारले जस्तो फिर्ता नबोलाइने भनी उद्घोष गरेको महिना दिन बित्न नपाउँदै उहाँकै नेतृत्वको सरकारले राजदूत फिर्ता बोलाउन लागेको हो।फिर्ता बोलाइएका ठाउँमा परराष्ट्र कर्मचारीतर्फाट मन्त्रालयका सहसचिव तथा हाल प्रधानमन्त्रीका विदेश मामला सल्लाहकारसमेत रहनुभएका हीराबहादुर थापालाई नियुक्त गर्ने तयारी भइरहेको स्रोत बताउँछ। स्रोतका अनुसार माओवादी कोटामा पर्ने एक स्थानमा विष्णुहरि नेपाल र जनक शाहको नाम छलफलमा राखिएको छ भने फोरमको कोटामा पर्ने एक स्थानमा श्यामानन्द सुमन र अर्जुन थापाको नाम छलफलमा राखिएको छ। सुमन फोरमको विदेश विभाग प्रमुख हुनुहुन्छ भने शाह पनि फोरमकै विदेश विभागका सदस्य हुनुहुन्छ।राजदूतहरू चालिसे, शर्मा र सिंहलाई फिर्ता बोलाएपछि सरकारले दोस्रो चरणमा अन्य ६ जना राजदूतहरूलाई पनि फिर्ता बोलाउने तयारी गरिरहेको स्रोतको दाबी छ। स्रोतका अनुसार दोस्रो चरणमा फिर्ता बोलाउन लागिएका राजदूतहरूमा नेपाली कांग्रेसका तर्फाट नियुक्त गरिएका सबै राजदूतहरू परेका छन्। यसरी फिर्ता बोलाउन लागिएका नेपाली कांग्रेसका तर्फाट नियुक्त गरिएका राजदूतहरूमा बैजनाथ थपलिया (इजरायल), डा. र्सूयनाथ मिश्र (कतार), नवीनप्रकाशजङ्ग शाह (थाइल्यान्ड), बलबहादुर कुँवर (पाकिस्तान) रहेका छन्। दोस्रो चरणमा फिर्ता बोलाउन लागिएका अन्य दुइ राजदूतको भने नाम खुल्न सकेको छैन।यस्तै परराष्ट्र मन्त्रालयले जर्मनीका लागि नेपाली राजदूत मदनकुमार भट्टर्राईलाई स्वदेश र्फकन निर्देशन दिएको छ। भट्टर्राईको केही दिनअगाडि कार्यकाल सकिएको थियो। भट्टर्राईको फिर्तीपछि जर्मनी र पान्सस्थित नेपाली राजदूतावास राजदूतविहीन हुनेछन्।

No comments: