News

Oct 29, 2008

राजदूत फिर्तासम्बन्धी प्रस्ताव केही दिनका लागि रोकियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारमा सामेल पार्टीबीच सैद्धान्तिक सहमति बन्न नसक्दा मन्त्रिपरिषद्मा प्रस्तुत गरिने भनिएको राजदूत फिर्तासम्बन्धी प्रस्ताव केही दिनका लागि रोकिएको छ। भारत, अमेरिका र बेलायतका लागि नेपाली राजदूत क्रमशः दुर्गेशमान सिंह, डा. सुरेशचन्द्र चालिसे र मुरारिराज शर्मालाई फिर्ता बोलाउनेसम्बन्धी प्रस्ताव गएको शनिबार बसेको मन्त्रिपरिषद्को बैठकमा पहिलो पटक छलफलका लागि प्रस्तुत गरिने तयारी गरिएको थियो। तर शनिबार पार्टीबीच सहमति बन्न नसकेपछि प्रस्ताव सोमबारको मन्त्रिपरिषद् बैठकका लागि सारिएको थियो। सोमबार पनि सो विषयमा निर्णय हुन सकेन र मंगलबार छलफल गरिने पार्टीबीच सहमति बनेको थियो। मंगलबार पनि पार्टीबीच सैद्धान्तिक सहमति बन्न नसकेपछि तत्काल केही दिनका लागि सो प्रस्ताव रोकिएको स्रोतको दाबी छ।पहिलो चरणमा नेपाली कांग्रेसको सिफारिसमा भारत, अमेरिका र बेलायतमा कार्यरत राजदूतहरूलाई मात्र फिर्ता बोलाइने प्रस्ताव तयार गरिएको थियो’, स्रोत भन्छ- तर सरकारमा सामेल पार्टीबीच नै नेपाली कांग्रेसको सिफारिसमा नियुक्त सबै राजदूतलाई एकसाथ फिर्ता बोलाउने वा पहिलो चरणमा ३ जना राजदूतलाई मात्र फिर्ता बोलाउने भन्नेसम्बन्धमा विवाद बढेपछि राजदूत फिर्ता प्रस्ताव केही दिनका लागि रोकिएको हो।’फिर्ता बोलाउने भनिएका राजदूतहरूको नियुक्ति संसदीय सुनुवाइबाट भएकाले पनि वर्तमान सरकारलाई राजदूतहरू फिर्ता गर्न अप्ठयारो परेको स्रोत बताउँछ। के आधारमा कुन-कुन राजदूत फिर्ता गर्ने भन्ने पार्टीबीच सैद्धान्तिक सहमति बन्न सकेको छैन’ -स्रोत बताउँछ। राजदूतहरूलाई चरणबद्ध रूपमा फिर्ता बोलाउने काम व्यावहारिक नहुने आवाज केही मन्त्रीहरूले मन्त्रिपरिषद् बैठकमा उठाएका थिए।भारत, अमेरिका र बेलायतले नेपालसँग आर्थिक तथा राजनीतिक रूपमा महत्त्वपूर्ण कुटनीतिक सम्बन्ध राख्ने भएका कारण पनि यी देशमा राजनीतिक पार्टीबीचच कुन देशमा कस्को सिफारिसमा राजदूत नियुक्त गर्ने भन्ने पनि सहमति बन्न अप्ठयारो भएको स्रोत जनाउँछ।

No comments: