News

Oct 20, 2008

कोसी विस्थापितहरुलाई तेस्रो चरणको राहत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोसी बाढीबाट विस्थापित भएकाहरुलाई तेस्रो चरण अन्तर्गतको राहत र रासन वितरण सुरु गरिएको छ । दैवी प्रकोप उद्धार समिति सुनसरीले तेस्रो चरणमा प्रत्येक परिवारलाई थप डेढ महिनाको लागि राहत र रासन वितरण सुरु गरेको हो ।समितिका सदस्य पुण्यप्रसाद भट्टराइका अनुसार जल्पापुरस्थित मदरसा शिविर, लौकही शिविर, जनता उच्च माध्यमिक विद्यालय, मधुवन शिविर, जामिया इस्लामिया मदरसा शिविरका विस्थापितहरुलाई तेश्रो चरणको राहत वितरण भइरहेको छ ।दुइ महिनादेखि शिविरहरुमा बस्दै आएका विस्थापितहरुले भने राहत र राशन कार्ड वितरण पारदशी नभएको भन्दै गुनासो गर्दै आएका छन्. । भदौ २ गते कोसीमा आएको वाढिले सप्तकोसीको तटबन्ध भत्कँदा विस्थापित भएका ४० हजार स्थानीय बासिन्दा अहिलेपनि शिविरहरुमा बस्दै आएका छन् ।

No comments: