News

Oct 18, 2008

यौनरोगको प्रभाव कम गर्न कन्डमको प्रयोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कन्डमबारे नसुन्ने कमै होलान्। तर किन्न, बोक्न र प्रयोग गर्न नहिचकिचाउने कति होलान् - सामाजिक अवस्था, चेतनास्तर आदिका कारण कन्डमबारे सुनेर पनि प्रयोग गर्नेको संख्या न्यून रहेको छ। बढ्दो यौनरोगको प्रभाव कम गर्न कन्डमको प्रयोगबारे जानकारी भए पनि प्रयोग गर्ने बानी र पहुँचको अवस्था सन्तोषजनक छैन। राष्ट्रिय जनसांख्यिक र्सवेक्षणले झन्डै ९५ प्रतिशत नेपालीले कन्डमबारे सुनेको भए पनि ५ प्रतिशतले मात्रै प्रयोग गर्ने गरेको उल्लेख छ। नेपाली बजारमा कन्डमलाई स्वीकार्ने प्रवृत्ति बढ्दै गएको भए पनि उपयुक्त पहुँचको अभावमा यसको प्रभावकारिता बढ्न सकेको छैन’ -राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रका निर्देशक डा. पदमबहादुर चन्दले भन्नुभयो। नेपालमा ४० थरी ब्रान्डका कन्डम पाइने र झन्डै ४ करोड ५० लाखदेखि ५ करोड थान कन्डम खपत हुने अनुमान रहेको नेपाल सीआरएस कम्पनीका निर्देशक महेश पोखरेलले बताउनुभयो।खासगरी परिवार नियोजन र यौनरोगबाट बच्न दोहोरो सुरक्षा प्रदान गर्ने कन्डम सरकारी अनुदानमा निःशुल्क वितरण पनि हुँदै आएको छ। तर स्वास्थ्य संस्थामा पर्याप्त अवस्थामा कन्डम नपाइने गरेको गुनासो छ’ -एड्स तथा यौनरोग नियन्त्रण समितिका उपाध्यक्ष डा. शरद वन्तले भन्नुभयो। चाहिएजति लानुहोस् भनेर लेखिएको बक्स राखिने स्वास्थ्य संस्थामा बक्स भने खाली हुन्छ। यसैबीच कन्डमको प्रयोग र पहुँच बढाउने उद्देश्यले १४औं कन्डम दिवस दोहोरो सुरक्षाका लागि कन्डममा पहुँच बढाऔं’ भन्ने नाराका साथ आज विविध कार्यक्रमका साथ मनाइँदै छ।नेपालमा २०१६ सालदेखि भित्र्याइएको कन्डमको खपत शुरूको वर्ष७ हजारको हाराहारीमा थियो।

No comments: