News

Oct 29, 2008

हङकङमा महाकवि देवकोटाजयन्ती २००८ सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
भाषा जातिको प्राण हो । भाषा समाज निर्माणको आधार हो । भन्ने नारा लिई हङकङेली नेपाली समाज तथा यहाँको विभिन्न विद्यालयहरुको संलग्नतामा
महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवर्षीय जन्मजयन्ती लक्ष्मीपूजाका दिन अर्थात २८ अक्टोर साँझमा युनलङ टाउन हल हङकङमा गएको वर्षरुमा जस्तै भव्यरुपमा सम्पन्न भएको छ । विभिन्न विद्यालयका प्रधानध्यापक, शिक्षक, विधार्थी, अभिभावक तथा तिनका बालबालिका, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, साहित्यकार, पत्रकारको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा भाषा, साहित्य र संस्कृतिको आधारमा समाज उठान, नेपाली भाषा तथा साहित्य विकासमा महाकवि देवकोटाको देनबारे चर्चापरिचर्चा गरिनुका साथै विधार्थीवर्गबाट देवकोटामा समर्पित कथा, कविता, लेख, गीत, निबन्धादि प्रस्तृति गरिएको थियो । कार्यक्रममा देवकोटाका कृतिहरु वाचन तथा विभिन्न विद्यालयहरुले नेपाली संस्कृतिसँग नजीक रहेको लोक तथा आधुनिक नृत्यहरु, तथा सामुहिक गीतहरु समेत प्रस्तुत गरिएको थियो । पीएच केन्द्रीय प्राथमिक विद्यालयको सहयोगमा हङकङ नेपाली साहित्य परिषद्को आयोजनामा हङकङ नेपलीज फाउण्डेशन्ले संयोजन गरेको कार्यक्रममा परिषद्का अध्यक्ष एकराज र्राईले हललाई संबोधन गरेपछि शुभारम्भ भएको कार्यक्रममा ३ घण्टासम्म नेपाली भेषभूषामा सजिएका नेपालीहरु खचाखच भरिएको हलमा विधार्थीवर्गले आफ्ना कलाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न विद्यालयका प्रधानध्यापक, तथा शिक्षक तथा अतितिथहरुलाई नेपाली टोपी हस्तान्तरण गरिएको थियो । कार्यक्रममा पीएच केन्द्रीय प्राथमिक विद्यालय प्रिन्सिपल मिस्टर चोङ, तुङ कुन प्राथमिक विद्यालयका माइकल ल्याङ, हङकङ नेपाली महासंघको अध्यक्ष हेम लिम्बू, पीएच विद्यालयका अभिभावक संघका उपाध्याक्ष रत्न खिम्दिङ, सगरमाथा किन्डरगार्टेनकी प्रिन्सिपल कमला राईले समेत कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो । प्रिन्सिपल चोङले नेपाली भाषामा नै मन्तव्य व्यक्त गर्दै नेपाली भाषालाई हङकङमा स्थापित गराउन सहयोग गर्ने कुरा बताउनु भएको थियो । अन्य अतिथिहरुले देवकोटाको तथा विद्यार्थीहरुको प्रगतिलाई प्रशंसा गरेका थिए । कार्यक्रममा विभिन्न सरकारी विद्यालयहरु पीएच केन्द्रीय प्राथमिक विद्यालय, पिके कलेज, टीके प्राथमिक विद्यालय, आइकेटी कलेज, बेथल हाई स्कुल, सर कादुरी माध्यमिक विद्यालय,डेलिया स्कुल, सगरमाथा किन्डरगार्टेनका छात्र, छात्राहरुले देवकोटाजयन्ती २००८ मा सहभागिता जनाएका थिए । कार्यक्रम साँझ ६-३० बजेदेखि ९-३० बजेसम्म सम्पन्न भएको थियो । कार्यक्रममा संबन्धित विद्यालयका विधार्थीहरु स्वयंले उदघोषण (संचालन) गरेका थिए ।

No comments: