News

Jan 23, 2009

मधेस समस्याबारे माओवादीले रणनीति तय गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीले मधेसका समस्या समाधान गर्नेलगायत उद्देश्यले विशेष रणनीति बनाउने भएको छ । एकीकृत नेकपा माओवादीको केन्द्रीय सचिवालयको शुक्रबारको बैठकले मधेसको समस्या समाधान गर्न बृहत अन्तरक्रिया गर्ने निर्णय गरेको हो । मधेसको समस्याको पहिचान गरी समाधानको उपाय खोज्नेबारेमा पार्टीका भोजपुर, मिथिला र अवध राज्यहरूका इन्चार्ज, सभासद्, केन्द्रीय सदस्य र बुद्धिजीवीहरूसँग आगामी माघ १६ र १७ गते अन्तरक्रिया र गोष्ठीको आयोजना गरिने कुरा पार्टी प्रवक्ता दीनानाथ शर्माले बताउनुभयो ।उहाँले पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाशको नेतृत्वमा संसदीय समिति गठन र व्यापक संगठनात्मक एकीकरण तथा प्रशिक्षण अभियान सुरु गर्ने साथै यसको ठोस कार्यक्रम संगठन विभागले तय गर्ने निर्णय भएको उल्लेख गर्नुभयो ।

No comments: