News

Jan 21, 2009

अमेरिकाको राष्ट्रपति ओबामालार्इ प्रचण्डको बधार्इ शन्देस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहालले बाराक ओबामाले संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पद सम्हालेकामा आफू, नेपाल सरकार र नेपाली जनताका तर्फबाट खुसी व्यक्त गर्दै बधाइ दिनुभएको छ । प्रधानमन्त्री दाहालले राष्ट्रपति निर्वाचनमा अमेरिकी जनताले उत्साहजनक समर्थन दिनु उनीहरुको परिवर्तनप्रतिको चाहनाको प्रतिबिम्ब हो भन्दै उहाँको नेतृत्वबाट अमेरिकाले समृद्धि प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।प्रधानमन्त्रीले राष्ट्रपतिको व्यक्तिगत स्वास्थ्य र सुखका साथै अमेरिकी जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गर्नुभएको छ । लामो इतिहास, न्यानोपन र हार्दिकताले पूर्ण दुइ देशबीच विद्यमान द्विपक्षीय सम्बन्ध अझ सुदृढ बनाउनका लागि इमान्दार प्रयास गर्न आफूले पूर्ण सहयोग गर्ने पनि प्रधानमन्त्रीले विश्वास दिलाउनुभएको छ ।उहाँले मिलेर काम गरी दुइ देशलाई आपसी लाभ हुने, गहन आर्थिक गतिविधिका साथ नेपाल-अमेरिका सम्बन्ध निकट बनाउन सकिने विश्वास सन्देशमा व्यक्त गर्नुभएको छ ।

No comments: