News

Jan 22, 2009

सरकारले गिरिजाप्रसादलाई विशेष सुविधा दिने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई विशेष सुविधा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वप्रधानमन्त्री कोइरालालाई घरभाडा, वाहन इन्धन खर्च र सचिवालयको व्यवस्था गर्ने निर्णय गरेकोहो । सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता कृष्णबहादुर महराले पूर्वप्रधानमन्त्री कोइरालालाई आवश्यकताअनुसार औषधी उपचार खर्चसमेत उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिनुभयो । यसअघि पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई मन्त्रिपरिषद्को निर्णयअनुसार आश्रम निर्माणका लागि तीन करोड रुपियाँ दिने निर्णय गरिएको थियो । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द र शेरबहादुर देउवाले सुरक्षाकर्मी र वाहनबाहेक केही सुविधा पाउनुभएको छैन ।

No comments: