News

Jan 23, 2009

अमेरिकाको ४४औं राष्ट्रपति ओबामाका १० चुनौती विदेशनीतिमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
'आजबाट अमेरिकाको पुनर्निर्माण सुरु भयो,' अमेरिकाको ४४औं राष्ट्रपतिका रूपमा शपथग्रहणपछि जनतालाई पहिलो सम्बोधन गर्दै भनेका ओबामाले थिए । तर, उनले घोषणालाई साकार रूप दिन पर्याप्त चुनौतीहरू झेल्नुपर्नेछ । आन्तरिक रूपमा रहेका समस्याका साथै विश्व-महाशक्तिका रूपमा अमेरिकाको सानलाई ज्युँदो राख्न उनले सुझबुझपूर्ण वैदेशिक नीतिहरू अवलम्बन गर्नुपर्नेछ । यहाँ ओबामाले सामना गर्नुपर्ने १० मुख्य वैदेशिक मामलाको संक्षिप्त चर्चा गरिएको छ-
१. विश्वमा प्रभुत्वओबामा राष्ट्रपति पदमा चुनिनुले स्पष्ट भएको थियो कि पूर्वराष्ट्रपति बुसले अपनाएको विदेशनीतिबाट अमेरिकी जनता परिवर्तन चाहन्छन् । यो चाहनाको सम्बोधन स्वरूप 'एकतर्फी नीति'को ठाउँमा बहुलतावाद र 'संसारमा केवल एक महाशक्ति' को रूपमा अमेरिकाको छविमा बदलाव आउन सक्ने विश्लेषकहरू बताउँछन् । आगामी दिनमा युद्धको सट्टा 'मेलमिलाप कूटनीति' ले बढावा पाउन सक्नेछ । तर, अमेरिकी राष्ट्रपति नचाहेर पनि युद्धमा संलग्न हुनुपरेको इतिहास छ । त्यसैले ओबामा युद्धमुक्त राष्ट्रपतिको रूपमा स्थापित हुन सक्नेछन् भनेर कसैले पनि अपेक्षा गरेका छैनन् ।
२. इराकओबामाले इराकमा आफ्नो लक्ष्यलाई 'सफलतापूर्वक युद्ध समाप्ति' का रूपमा पुनर्परिभाषित गर्न सैन्य कमान्डरलाई बताएका छन् । तर, उनले यो काम जिम्मेवारीपूर्वक गरिनुपर्ने पनि उल्लेख गरेका छन् । ओबामाले राष्ट्रपति पद सम्हालेको १६ महिनाभित्र अर्थात् २०१० को मे महिनासम्ममा इराकबाट थुप्रै चरणमा अमेरिकी सेना फिर्ता गरिने सम्भावना विश्लेषकहरूले औंल्याएका छन् ।

३. अफगानिस्तानओबामाको एजेन्डामा अफगानिस्तान सबैभन्दा माथि हुने बताइन्छ । उनले 'अफगानिस्तानमा ध्यान केन्दि्रत गर्ने' कुरा गरेका छन् । उनले अरू दुई सैन्य बि्रगेडलाई अफगानिस्तानमा पठाउने घोषणा गरिसकेका छन् । ओबामाले ओसामा विन लादेनमाथि हमलाको कुरा पनि गरेका छन् र त्यो जहिले पनि हुन सक्छ ।
४. आतंकवादविरोधी युद्धबुसको चर्चित नारा 'आतंकवादविरोधी युद्ध' ले ओबामाको कार्यकालमा उति महत्त्व नपाउन सक्छ । उनी ध्यान दिन चाहन्छन्- 'विचारको युद्ध' मा, ताकि अमेरिकाको विदेशनीति उसको 'पारम्पारिक मूल्य' सित मेल खाओस् । त्यसैले उनी इस्लामी संसारका उदारवादी शक्तिसित तालमेल बढाउनेछन् ताकि 'अल कायदाको प्रपोगन्डा' सामना गर्न सकियोस् । यद्यपि, उनले भनेका छन् कि 'अमेरिकाका लागि आतंकवादी सिधा खतरा बनेर उपस्थित छन्, उनीहरूमाथि सैन्य हमलाबाट हामी पछि हट्ने छैनौँ ।'
५. इरानसम्भवतः ओबामाका लागि यो एउटा ठूलो संकट हो र, इरानले आगामी दिनमा कस्तो कदम उठाउनेछ भन्नेमा यो निर्भर गर्छ । यदि इरानले लोग्रेड युरेनियमको विकास जारी राखेको खण्डमा ओबामा प्रशासनले इरानमाथि आफ्नो प्रतिबन्ध पनि जारी राख्नेछ र सम्भव छ, यसको दायरा अझै फराकिलो बनाइनेछ । ओबामाले भनेका छन्- 'उनी इरानसित निःसर्त वार्ता गर्नेछन् । यद्यपि, यो राष्ट्रपति-स्तरमा नै हुनुपर्छ भन्ने जरुरी छैन ।' अहिलेको इरानी सरकारले आफ्नो युरेनियम विकास योजनालाई त्याग्ने सम्भावना कम देखिन्छ । यस्तोमा, अमेरिकाले कुनै सम्झौता गरेर कठोर अनुगमनमा केही युरेनियमको विकास गर्ने अनुमति दिन सक्छ ।
६. मध्यपूर्व शान्तिप्रक्रियापूर्वराष्ट्रपति बुस इजरायल र प्यालेस्टाइनसित यस वर्षको अन्त्यसम्ममा सम्झौता गर्न चाहन्थे, जो अब सम्भव देखिँदैन । इजरायल र प्यालेस्टाइन शान्तिप्रक्रियामा कति हदसम्म हस्तक्षेप गर्ने भन्ने ओबामाका सामु चुनौती देखिन्छ । १० फेब्रुअरीमा हुने इजरायली चुनावले इजरायली सरकार यो मामलामा कुनै किसिमको सम्झौता वा लचिलोपनका लागि तयार छ या छैन भन्ने स्पष्ट पार्नेछ ।
७. रुसशीतयुद्धको समाप्तिपछि हाल जर्जियामा भएका घटनाले रुस र पश्चिमी देशबीच मनमुटाव उत्पन्न गरेका छन् । यसले सवाल खडा भएको छ कि नयाँ अमेरिकी प्रशासनले रुससित आफ्नो विदेशनीतिमा के परिवर्तन ल्याउला ? अमेरिकालाई इरान र डारफुर मामलामा पनि रुसको सहायता चाहिनेछ । तत्काल भने उसको सम्पूर्ण जोड जर्जियालाई नेटोको सदस्यता दिलाउनमा हुनेछ ।
८. उत्तर-कोरियाहालै उत्तर-कोरियाका बारेमा केही सकारात्मक कदम उठाइएको छ । उत्तर-कोरियाले परमाणु कार्यक्रमको सत्यताको जाँच गर्न यो सर्तमा सहमति दिएको छ कि अमेरिका उत्तर-कोरियालाई 'आतंकवादलाई सहयोग पुर्‍याउने देश' को सूचीबाट हटाउनेछ । तर, उत्तर-कोरियाले आफूसित भएका परमाणु हतियार भने सम्भवतः आफैंसित राख्नेछ । यस्तोमा, ओबामा उत्तर-कोरियालाई पूर्णरूपमा परमाणु हतियारबाट मुक्त गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न खडा भएको छ ।
९. चीनचीन सुरक्षा परिषद्को स्थायी सदस्य हो । साथै, संसारमा उसको आर्थिक शक्तिलाई कसैले नजरअन्दाज गर्न सक्दैन । त्यसैले चीनसितको अमेरिकी सम्बन्धलाई अत्यन्त महत्त्वका साथ हेरिएको छ । चीन आफैंमा अमेरिकाका लागि कुनै समस्या होइन, तर ताइवानको भविष्य समस्या बन्न सक्छ र तिब्बतको मुद्दा त छँदैछ । वर्षांदेखि चीनको सम्पूर्ण ध्यान आफ्नो घरेलु आर्थिक विकासमा केन्दि्रत छ । जबसम्म उसले त्यसबाहेक अन्यत्र ध्यान दिँदैन, अमेरिकासित उसको सम्बन्ध स्थिर नै रहनेछ । ओबामा यसभन्दा बाहेक अरू केही चाहन्छन् भन्ने कुनै लक्षण पनि देखिएको छैन ।
१०. नयाँ कूटनीति :वित्त, जलवायु परिवर्तन र ऊर्जायिनीहरूलाई नयाँ कूटनीतिको रूपमा लिन थालिएको छ । हाल अमेरिकामा छाएको आर्थिक संकट, जसको सामना गर्न अमेरिकी वित्तीय संस्थाहरूलाई सरकारी प्याकेज घोषणा गरिएको छ, बाट मुक्त हुनु ओबामाको पहिलो प्राथमिकता हुनेछ । ओबामाले जलवायु परिवर्तको क्षेत्रमा कैयौं कदम उठाउनेमा आफ्नो प्र्रतिबद्धता व्यक्त गरेका छन् । उनी सन् २०५० सम्ममा गि्रन-हाउस ग्यासमा ८० प्रतिशत गिरावट चाहन्छन् । ओबामाको राष्ट्रपतिकालमा जलवायु परिवर्तन पनि एक प्रमुख मुद्दा हुनेछ । ऊर्जा, खासगरी तेलको आपूर्ति, ओबामाको एउटा प्रमुख चुनौती बन्नेछ । विश्वले अमेरिकाको नयाँ भूमिकालाई कुन रूपमा अख्तियार गर्छ, त्यसैमा निर्भर हुनेछ ओबामा प्रशासनको सफलता-अफलता ।

No comments: