News

Jan 23, 2009

लोकसेवा आयोगमा राजनीतिक दलहरूबीच भागबन्डा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संवैधानिक परिषद्ले लोकसेवा आयोगमा राजनीतिक दलहरूबीच भागबन्डाका आधारमा चार पदाधिकारीको नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार बसेको परिषद्को बैठकले लामो समयदेखि रिक्त आयोगमा पदपूर्तिको सिफारिस गरेको हो । यसरी सिफारिस गरिएकामा प्राध्यापक कृष्ण पोख्रेल, पूर्वसचिव टीकादत्त निरौला, नास्टकी वैज्ञानिक कयोदेवी यमी र विज्ञान विषयका प्राध्यापक राजेन्द्रप्रसाद साह छन् । यमी पर्यटन तथा नागरिक उड्यनमन्त्री हिसिला यमीकी दिदी हुन् । पोख्रेल एमाले, निरौला कांग्रेस, यमी माओवादी र साह फोरमको कोटामा सिफारिसमा परेका हुन् । उनीहरूको नियुक्त राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । पदपूर्तिले कर्मचारीको लामो समयदेखि रोकिएको लोकसेवाको अन्तर्वार्ता र बढुवा प्रक्रियाको बाटो खुल्नेछ । परिषद्ले पदाधिकारी रिक्त रहेका अन्य संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालय र निर्वाचन आयोगमा भने कुनै सिफारिस गरेन । ती निकायमा पदाधिकारी नियुक्तिको सिफारिस अर्को बैठकले गर्ने परिषद्का सदस्य कानुन, न्याय तथा संविधानसभा व्यवस्थामन्त्री देव गुरुङले बताए ।

No comments: