News

Jan 24, 2009

मलेसियामा रोजगारीको लागि सरकारले कुटनीतिक पहल गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मलेसियामा काम गरिरहेका नेपालीहरुको रोजगारी सुरक्षाको लागि सरकारले कुटनीतिक पहल गर्न लागेको श्रम तथा यातायात व्यवस्था मन्त्री लेखराज भट्टले बताएका छन् । श्रम तथा यातायात व्यवस्था मन्त्री लेखराज भट्टले मलेसिया सरकारले गरेको विदेशी कामदार नलिने निर्णयबाट नेपालीहरु आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताएका छन् । राजधानीमा माघ ११ गते रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टले विश्वमा नेपाली कामदारको दोस्रो ठूलो गन्तव्य रहेको मलेसिया सरकारको निर्णयको प्रभाव नेपालमा समेत पर्ने भएकाले त्यसको विकल्प खोजिने उल्लेख गरे । थप कामदार लैजानु पर्छ भन्न नसकिए पनि कामदार कटौतीमा नेपाली कामदारलाई नपार्न कुटनीतिक पहल गरिने बताए । मलेसिया सरकारले माघ १० गतेदेखि विदेशी कामदार नभित्र्याउने तथा कामदार कटाती गर्नु परे विदेशी कामदार हटाइने निर्णय गरेको थियो । श्रम तथा यातायात व्यवस्था विभागका अनुसार वैधानिक रुपमा मलेसियामा २ लाख ८० हजार नेपाली कार्यरत छन् । उनीहरुबाट मासिक २ सय ५० करोड रुपियाँ रेमिटेन्स नेपाल भित्रीरहेको थियो । हरेक महिना करिब ३५ सय नेपाली रोजगारीको लागि मलेसिया जाने गरेको श्रम विभागले जनाएको छ ।

No comments: