News

Jan 22, 2009

बुढासुब्बा गोल्डकप माघ महिनाको २५ गतेबाट सुरु हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वाञ्चलको प्रतिष्ठित बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता माघ महिनाको २५ गतेबाट सुरु हुने भएको छ । धरानमा हुने यो प्रतियोगिता यसपटक ११ औं अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता हुने आयोजकले जनाएका छन् । धरान नगरपालिकाको संयोजन अनि टुबोर्ग बियरको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा विभिन्न १२ वटा टोली सहभागी हुने धरान फुटबल क्लबले जनाएको छ ।प्रतियोगितामा नेपाल आर्मी, एपीएफ, आर्मी क्लब, एनआरटी, नबिल थ्रीस्टार, एन्फा, सहारा, सम्राट स्पोर्टिङ, नाइटचेस क्लब, भुटान नेसनल टिम, सिक्किम अनि आयोजक धरान फुटबल क्लबको सहभागिता हुने भएको छ ।

No comments: