News

Jan 24, 2009

अपराधमा संलग्न ११ जना सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रहरीले उपत्यकामा चोरी, डकैती र अपहरणमा संलग्न एकजना नेपाली सेना र एकजना जनसेनाका सदस्यसहित ११ जनालाई सार्वजनिक गरेको छ । शुक्रबार महानगरीय प्रहरी परिसर हनुमान ढोकामा आयोजित पत्रकार सम्मेलनमा उनीहरूलाई सार्वजनिक गरिएको हो । उनीहरूको साथबाट चार थान पेस्तोलसहित त्यसमा प्रयोग हुने गोली पनि बरामद गरिएको प्रहरीले बताएको छ । नेपाली सेनाको सिंहदरबारस्थित क्यालिबर गणमा कार्यरत जवान कान्छा राउतसहितको तीनजनाको टोलीलाई प्रहरीले धूम्रबाराहीबाट पक्राउ गरेको हो ।

No comments: