News

Jan 21, 2009

ग्वान्टानामो निलम्बन गर्न ओबामाको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ग्वान्टानामो/ अमेरिकी राष्ट्रपति बाराक ओबामाको आग्रहमा सरकारी वकिलहरूले सैनिक न्यायाधीशसामु ग्वान्टानामो बे सैन्य आयोगसामु रहेको मामिलाहरूलाई एक सय २० दिनका लागि निलम्बन गर्न आग्रह गर्ने भएका छन् । न्यायको दृष्टिकोणबाट र अमेरिकी राष्ट्रपति एवं प्रतिरक्षा मन्त्रीको निर्देशनमा त्यस मामिलालाई मे २० सम्म निलम्बन गर्न भनिएको एक दस्तावेजलाई बुधबार सरकारी वकिलहरूले प्रस्तुत गर्दैछन् । सरकारी वकिल स्टेफेन हेन्लेयले सन् २००१ सेम्टेम्बर ११ को हमलालाई फत्ते गर्न सघाएको आरोप लगाइएको पाँच पुरुषको मामिला हेर्दै आएका छन् । दोस्रो वकिल प्याटि्रक पारिसले एक अमेरिकी सैनिक मारेकोमा आरोपित क्यानडेली ओमार खादरको मामिला अध्ययन गरिरहेका छन् । मंगलबार शपथ खाएपछि अमेरिकी राष्ट्रपति बाराक ओबोमाले 'आतंकवादविरुद्ध युद्ध'का संदिग्धहरूलाई यातना दिने यो कुख्यात सैन्य शिविरलाई बन्द गर्ने प्रतिज्ञा गरेका थिए ।

No comments: