News

Jan 21, 2009

संसार भर छाए पहिलो अश्वेत राष्ट्रपति बाराक ओबामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वासिङ्टन/ पहिलो अश्वेत नागरिकले अमेरिकी राष्ट्रपति पदको शपथ लिएको ऐतिहासिक दिन अमेरिकी अखबारहरूले अग्रपृष्ठमा राष्ट्रपति बाराक ओबामालाई यथेष्ट स्थान दिएका छन् । शपथ ग्रहणलाई ऐतिहासिक महत्त्वको क्षणका रूपमा स्वागत गर्दै न्युयोर्क टाइम्सले लेखेको छ- 'एक पुनर्निर्मित अमेरिकाका लागि राष्ट्रपति ओबामाले वाचा गरे ।' अन्य प्रमुख समाचापत्रहरूले जस्तै न्युयोर्क टाइम्सले पनि जनवरी २० को संस्मरणमा विशेष पानाहरूसहित सोभेनियर प्रकाशित गरेको छ । पहिलो पृष्ठमा राष्ट्रपति ओबामा र प्रथम महिला मिसेल ओबामा शपथ टुंग्याएर पेन्सुलभानिया एभेन्यू भई ह्वाइट हाउसतर्फ लम्किरहेको तस्बिर छापेको छ । लसएन्जलस् टाइम्सले क्यापिटोलमा पूर्वराष्ट्रपति जर्ज डब्लु बुसलाई बिदा गर्न लागेका ओबामा दम्पती, उपराष्ट्रपति जोय बाइदेन र उनकी श्रीमतीको तस्बिर छापेको छ । ट्याब्लोइड न्युयोर्क पोस्टले 'पावर वाक' शीर्षकसहित सुनौलो कपडा पहिरेका मिसेल ओबामा ह्वाइट हाउसतर्फ अघि बढ्दै गरेको तस्बिर छापेको छ । सिकागो टि्रब्युनले ओबामाको गृहनगरको तस्बिर छाप्दै 'जिम्मेवारीको नयाँ युग' शीर्षक दिएको छ । त्यस समाचारपत्रले ओबामाको १८ मिनेट लामो भाषणको स्मरण दिलाउँदै ओबामाका शब्दहरूलाई यसरी राखेको छ- 'हामीले भयमाथि आशा, द्वन्द्व एवं झगडामाथि उद्देश्ययुक्त एकतालाई चुनेका छौँ ।' वासिङ्टन पोस्ट दैनिकले भने ह्वाइट हाउसमा अबदेखि ओबामाले चुनौतीको सामना गर्नुपर्ने सन्देश दिँदै लेखेको छ- 'हामीले सामना गर्न गइरहेको चुनौतीहरू यथार्थ हुन् ।'

No comments: