News

Jan 23, 2009

केराको जरादेखि टुप्पोसम्म बहुउत्पादक सामग्री बनाउन सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
केराको जरादेखि टुप्पोसम्मका सबै भाग प्रयोग गरी बहुउत्पादक सामग्री बनाउन सुरु गरिएको छ । कैलाली टीकापुरका कालु हमाल र श्रीमती आशा हमालले व्यावसायिक रूपमा केरा बोटबाट बहुउत्पादक सामान बनाएका हुन् । उनीहरूले केराको एक दर्जनभन्दा बढी परिकार र पेय पदार्थ तयार पारेका छन् भने बोक्राबाट एक दर्जन सामग्री निर्माण गरेका छन् । हमाल दम्पतीले बनाएको परिकार, पेय पदार्थ र विभिन्न सामग्री किन्नेको घुइँचो यतिखेर ह्वात्तै बढेको छ । उनीहरूले केराको खाने परिकार मःमः, चिप्स, ब्रेड, पकौडा, टिकिया, पेय पदार्थमा जुस, वाइन, सलाइस तथा बोक्राबाट टोपी, पंखा, झोलालगायत घरेलु सामग्री बनाई दुई वर्षदेखि व्यवसाय गर्दै आएका छन् । उत्पादित सामग्री प्रचारका लागि हमाल दम्पतीले बर्दियाको ठाकुरद्वारामा १ देखि ७ माघसम्म आयोजित माघी महोत्सवमा स्टलसमेत राखेका थिए । महोत्सवको सबैभन्दा बढी भीड यही स्टलमा भएको थियो । केरा जुस र वाइन किन्नेको भीड पनि बाक्लै देखिन्छ भने वाइन मूल्य प्रतिबोतल एक सय रुपैयाँ राखेका छन् ।'सात दिनका लागि सामान लिएर आएकामा दुई दिनमै सकियो । केराको परिकार खाने ग्राहक भीड थामिनसक्नु छ,' हमाल दम्पतीले भने । उनका अनुसार, केरा जरा सँुगुर दानाका लागि प्रयोग गरिन्छ । केराबाट निस्किने रसबाट जुस, वाइन र फलको चिप्स, पकौडा, बे्रडलगायत परिकार बनाइन्छ । त्यस्तै, केराको बीच भागको बोक्रा सुकाएर विभिन्न घरेलु सामग्री बन्ने गरेका छन् ।केराको जरादेखि पातसम्म सबै प्रयोगमा ल्याउँछौं । केही पनि खेरा जाँदैन,' ग्राहकद्वारा घेरिएकी आशाले भनिन् । केरा सदुपयोग गर्ने हमाल दम्पतीलाई अचेल 'बनाना किङ' भन्न थालिएको छ । केरा व्यवसायमा लागेका हमाल दम्पतीले आफ्नै बारीमा स्थानीय र बिलियस हाइबि्रड प्रजातिका केरा खेती गरेका छन् ।हमाल दम्पतीले व्यवसायमा सहयोग पुर्‍याउन एक दर्जन थारु महिलालाई कर्मचारीका रुपमा राखेका छन् । उनीहरू भन्छन्, '१२ कर्मचारीलाई मासिक तीन हजार रुपैयाँभन्दा बढी तलब दिएका छौं । व्यवसायबाट हुने आम्दानी हुन्छ आफै अन्दाज गर्नुस् ।'उनीहरूले केरा व्यवसाय प्रचार-प्रसारका लागि विभिन्न स्थानमा स्टल राख्ने गरेका छन् भने वाइन र घरेलु सामग्री विदेशीले बढी मन पराउने गरेको बताए । 'केराको जुस र वाइनको स्वाद लिने ग्राहक संख्या स्थानीय स्तरमा थुप्र्रै छन्,' हमालपत्नीले भनिन्, 'तर घरेलु सामग्री बढीजसो विदेशी नै किन्छन् ।'

No comments: