News

Jan 22, 2009

राष्ट्रपति बाराक ओबामाको डुब्लिकेट इन्डोनेसियामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जकार्ता/ इन्डोनेसियाका एक लजालु फोटो पत्रकारको माग अहिले एकाएक बढेको छ । उनको माग अन्य केही कारणले नभई नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाराक ओबामाको अनुहारसँग मिल्दोजुल्दो भएकाले हो । ३४ वषीय इहाम एनास अहिले जकार्तामा सानोतिनो सेलिब्रेटी नै भइसकेका छन् । ओबामाले आफ्नो बाल्यकालका केही वर्ष इन्डोनेसियामा बिताएका थिए । ओबामाजस्तै देखिने एनासले इन्डोनेसियाली टेलिभिजनमा अन्तर्वार्ता दिएका छन् । ओबामा भएर एक विज्ञापन समेत खेलिसकेका छन् । उनले मार्केटिङका अन्य प्रस्तावहरू पनि पाइसकेका छन् । 'म मलेसियाको एयरपोर्टमा बसिरहेको थिएँ, एक मानिस मेरो नजिक आएर भने 'के तपाइ ओबामा हो' ती मानिसले मसित तस्बिर खिचाउन आग्रह गरे र मलाई खाजासमेत खुवाउँदा म अचम्मित भएँ'- उनले भने । उनका सहकर्मीहरूले स्थानीय पत्रिकामा सुट, टाई र अमेरिकी झन्डा बोकर फोटो खिचाउन आग्रह गरेपछि त एनासको ख्याति एकाएक बढेर गयो । त्यसपछि उनको तस्बिर इन्टरनेट, टेलिभिजन र विज्ञापन सबैतिर छाउन थाल्यो । ओबामाजस्तै देखिएकाले उनले भरपुर फाइदा उठाए । एनास दक्षीणी जाभामा जन्मेका हुन् ।

No comments: