News

Jan 22, 2009

अस्थायी प्रेमिकाका लागि इन्टरनेटमा विज्ञापन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकल चिनियाँ युवाहरू अस्थायी प्रेमिकाका लागि इन्टरनेटमा विज्ञापन गरिरहेका छन् । नयाँ वर्षको उपलक्ष्यमा बाबुआमालाई खुसी पार्न गाउँ लैजान उनीहरूलाई प्रेमिका चाहिएको हो । जिजियाङ प्रान्तका लुई फासाईले पनि अस्थायी प्रेमिकाका लागि इन्टरनेटमा विज्ञापन छपाएका छन् । तीन दिनमा चार सय प्रतिक्रिया पाएको उनले बताएका छन् । नयाँ वर्षको बिदा मनाउन घर जाँदा प्रेमिकाको नाटक गरिदिएबापत उनले १४ सय डलर दिने बताएका छन् । नयाँ वर्षको अवसरमा धेरै चिनियाँहरू आफ्नो गाउँको घर जान्छन् । घर जाँदा बाबुआमाको खुसीका लागि आफ्नो प्रेमी-प्रेमिका भएको देखाउन चाहन्छन् । महिला तीस वर्ष पुग्नुअगाडि नै बिहे गर्न पारिवारिक दबाब आउँछ । त्यसैले महिलाहरूले पनि नयाँ वर्ष मनाउन घर जाँदा अस्थायी प्रेमीका लागि विज्ञापन छपाएका छन् । 'नयाँ वर्ष एक्लै मनाउनुपर्दा मलाई दुःख लाग्छ । अवश्य पनि म दबाब महसुस गर्छु'- ३१ वर्षीय सेल्स म्यानेजर लुई फासाई भन्छन्-' जब म मेरो साथीको बिहेमा जान्छु, म दबाब महसुस गर्छु । पार्टीमा एक्लै जाँदा पनि असहज महसुस गर्छु ।' सुरुमा उनले अस्थायी प्रेमिका बन्नका लागि दैनिक एक सय ७० डलर रकम तोकेका थिए । तर, उनले धेरै प्रतिक्रिया पाउन सकेनन् । त्यसपछि उनले दिनको पाँच सय १० डलर तलब तोके । लुईले २० उत्कृष्ट अस्थायी प्रेमिका उम्मेदवार छानेका छन् । तीमध्ये एक उनको अस्थायी प्रेमिका बन्नेछिन् नयाँ वर्ष मनाउका लागि ।

No comments: