News

Jan 25, 2009

माओवादी र नेकपा माले क्रान्तिकारीबीच एकता हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादी र नेकपा माले क्रान्तिकारीबीच एकता हुने भएको छ । पार्टी एकताका लागि शनिबार राजधानीमा भएको दुइ पार्टीबीचको औपचारिक वार्ताले यस्तो निर्णय गरेको हो । वार्तामा माओवादी र एकताकेन्द्र मसालबीच हालै भएको एकीकरणलाई स्वागत गर्दै यसले नेपालको क्रान्तिकारी कम्युनिस्ट ध्रुवीकरणमा विशिष्ट योगदान पुर्‍याउने विश्लेषण गरिएको माले क्रान्तिकारीका केन्द्रीय प्रचार विभाग प्रमुख नवराज शर्माले बताउनुभयो । वार्तामा एकीकृत माओवादीका मोहन वैद्य 'किरण', वर्षमान पुन र दीनानाथ शर्मा तथा माले क्रान्तिकारीका तर्फबाट वार्ता कमिटी सदस्य केशवराज नेपाल, दिनेश पन्थी, होमकुमारी खापुङ, प्रचार विभाग प्रमुख नवराज शर्मा, केन्द्रीय सदस्यद्वय राम आचार्य र बच्चु राइलगायत सहभागी हुनुहुन्थ्यो ।

No comments: