News

Jan 24, 2009

अन्मिनको म्याद आगामी ६ महिनाका लागि थप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त राष्ट्रसंघको शुक्रबार बसेको सुरक्षापरिषद् बैठकले नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अन्मिन) को म्याद आगामी ६ महिनाका लागि थप गरेको छ। यसअघि गत मंसिरमा सरकारले अन्मिनको म्याद ६ महिना बढाउन अनुरोध गर्दै राष्ट्रसंघ मुख्यालय न्युयोर्कलाई पत्र प्रेषित गरेको थियो। त्यस्तै गत भदौमा थपिएको अन्मिनको म्याद शुक्रबार सकिएको छ।नेपालको जारी शान्ति प्रक्रियामा सघाउ पुर्याउने उद्देश्यले नेपाल आएको अन्मिनले माओवादी तथा नेपाली सेनाको हतियार अनुगमन गर्नेलगायतका काम गर्दै आएको छ।हालसम्म अन्मिन प्रमुख रहँदै आएका इयान मार्टिनलाई भने राष्ट्रसंघले मुख्यालय फिर्ता बोलाएको छ। अब अन्मिनको आकार सानो रूपमा नेपाल रहनेछ।

No comments: