News

Jan 22, 2009

सत्र दिनयता फोहोर नउठ्दा राजधानी दुर्गन्धित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ओखरपौवास्थित डम्पिङ साइटका बासिन्दाको विरोधका कारण काठमाडौं उपत्यकाको फोहोर सत्र दिनयता उठ्न नसक्दा दुर्गन्धित भएको छ । ल्याण्डफिल्ड साइडमा भएको चन्दा संकलनसम्बन्धी विवाद बढेर स्थानीय युथफोर्स कार्यकर्ताको खु्ट्टा काटिएको घटनाले राजनीतिक रूप लिदा फोहोर व्यवस्थापन हुन नसकेको हो ।सडक गल्‍लीमा दुइ हप्ताभन्दा अघिदेखि जताततै थुप्रिएका फोहोरका चाङ् तथा थुप्राका कारण राजधानी काठमाडौ दुर्गन्धित बनिरहेको अवस्थामा पनि ल्याण्डफिल्ड क्षेत्रका जनताको असहयोगले गर्दा फोहोर सङ्कलन तथा व्यवस्थापन कार्य ठप्प हुन पुगेको छ ।फोहोर फाल्न दिने सहमति भएपछि गएका महानगरपालिकाका फोहोर बाहक गाडीलाई त्यसतरफ जान रोक लगाइएकाले फर्केर अहिले ती सबै टेकूस्थित अस्थायी फोहर संकलन केन्द्रमा राखिएको महानगरपालिकअन्तर्गत वातावरण विभाग प्रमुख रविन श्रेष्ठले जानकारी दिनुभयो ।काठमाडौं जिल्‍लामा मात्र प्रत्येक दिन ३५० टनभन्दा बढी फोहोर उत्पादन भई अहिले पाँचदेखि छ हजार टन फोहोर सडक गल्लीमा थुप्रिएको अनुमान महानगरपालिकाको छ ।

No comments: