News

Jan 24, 2009

नाइजेरियामा प्रहरीले बाख्रालाई हिरासतमा लिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लाओस/ हतियारसहित डकैती गरेको आरोपमा नाइजेरियामा प्रहरीले बाख्रालाई हिरासतमा लिएको छ । भिजिलान्तेले हतियारधारी चोरले भेष बदलेर माज्दा-३२३ चोर्न खोजेको बताउँदै सेतो र कालो रङको बाख्रा प्रहरीलाई सुम्पेको थियो । 'भिजिलान्तेको एक समूह गस्ती गरिरहेको वेला केही मानिसले माज्दा गाडी चोर्न लागेको देखेको बताए । 'ती चोरलाई लखेट्दा सबै भागे । तर, एक चोरले चाहिँ बाख्राको भेष बदल्यो भनेर भिजिलान्तेले भन्न आए,' क्वारा स्टेट प्रहरीका प्रवक्ता टुन्डे मोहम्मदले भने । 'हामी यो घटनाको पुष्टि गर्न सक्दैनौँ । तर, बाख्राचाहिँ हाम्रो हिरासतमा छ । हामी केही आश्चर्यजनक शक्तिमा आधारित भएर यसको पुष्टि गर्न सक्दैनौँ । मानिस बाख्राको भेषमा बदलियो भन्ने कुरा वैज्ञानिक ढंगले यसको पुष्टि हुनुपर्छ,' मोहम्मदले भने । तर, अनुसन्धान समाप्त नहुन्जेलसम्मका लागि बाख्रालाई हिरासतमा नै राखिने बताइएको छ । नाइजेरियाको केही भागमा बोक्सी-विद्यामा निकै विश्वास गरिन्छ । पक्राउ परेको बाख्रा हेर्न कैयौं मानिस पुलिस स्टेसन आएका छन् ।

No comments: