News

Jan 24, 2009

१२ वर्षीया एक बालिकालाई १२ वर्षीय बालकव्दारा करणी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पर्सा/ वीरगन्ज उप- महानगरपालिका-१५ की १२ वर्षीया एक बालिकालाई करणी गरेको अरोपमा पर्सा उदयपुरघुर्मी-९ का १२ वर्षीय सोनालाल महतो कोइरी शुक्रबार पक्राउ परेका छन् । महतोले बिहीबार साँझ ८ बजे बालिकालाई आफ्नो कोठामा जबर्जस्ती लगी मुख र हात बाँधेर करणी गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले बताएको छ । नाबालिकाकी आमा श्रीपतिदेवी साहले कोठामा अश्लील चलचित्र हेर्दै गरेका कोइरीले छोरीलाई उनकै कोठामा एक्लै देखेर घिसार्दै आफ्नो कोठामा लगी करणी गरेको बताए ।पक्राउ परेका कोइरी र नाबालिका दुवैको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा लगी स्वास्थ्य परीक्षण गरिएको छ । कोइरीलाई शुक्रबार नै जिल्ला अदालत, पर्सामा पेस गरिएको पनि प्रहरी निरीक्षक मोहन परियारले जानकारी दिए ।

No comments: