News

Jan 23, 2009

अन्तर्राष्ट्रिय बजारको प्रभाव- सुनको मूल्यमा वृद्धि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अन्तर्राष्ट्रिय सुनबजारमा देखिएको उतारचढावबाट स्थानीय बजार प्रभावित भइ यस साता सुनको भाउ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार साताको पहिलो दिन आइतबार सुनको भाउ प्रति दस ग्राम २१ हजार ५ सय २० रुपैयाँ रहेकोमा लगातार दुइ दिन मूल्यमा गिरावट आइ पुन वृद्धि हुँदै साताको अन्तिम दिन शुक्रबार २१ हजार ८ सय २० रुपैयाँ पुगेको थियो ।साताका अन्य दिनमा सुनको भाउ सोमबार प्रति दस ग्राम २१ हजार ४ सय ३५ रुपैयँ मङ्गलबार २१ हजार ३ सय ५०, तथा बुधबार र बिहीबार २१ हजार ८ सय पुगेको थियो । अन्तर्राष्ट्रिय आर्थिक क्षेत्रको स्थितिमा सुधार नआएकोले अमेरिकी डलरमा अरू मुद्राको तुलनामा सामान्य सुधार देखिए पनि लगानीको विकल्पको रूपमा सुनलाई नै रोजिएबाट सुनको मूल्यमा उतारचढाव आई मूल्य वृद्धि भएको सङ्घले जनाएको छ । सङ्घका अनुसार सुनको भाउ यस हप्ताप्रति आउस ८५६ डलर पुग्न गएको छ भने गत शुक्रबार ८१९ डलर रहेको थियो ।

No comments: