News

Jan 22, 2009

लोडसेडिङको समय २ घण्टा घट्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको समय घटाएर आज शुक्रबारदेखि दैनिक १० घण्टा बिजुली आपूर्ति गर्ने भएको छ। प्राधिकरणले बिहीबार राति १२ बजेसम्म दैनिक ८ घण्टा मात्र विद्युत् आपूर्ति गर्दै आएकोमा आजदेखि थप २ घण्टा बढाएको छ। मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादित ३५ मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा थप भएपछि लोडसेडिङको समय घटेको हो। अझै पनि ४६ लाख युनिट बिजुली अपुग भएकाले दैनिक १४ घण्टा लामो लोडसेडिङ हुने प्राधिकरण प्रणाली सञ्चालन विभागका प्रमुख शेरसिंह भाटले जानकारी दिनुभयो। उहाँका अनुसार साँझ विद्युत्को माग ८ सय ८ मेगावाट रहेको छ भने आपूर्ति अब ३ सय ५० मेगावाट हुनेछ ।

No comments: