News

Jan 21, 2009

नारायणहिटी दरवारमा अब परराष्ट्र मन्त्रालय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नारायणहिटी दरवारको तत्कालीन राजा ज्ञानेन्द्र शाहको सचिवालय बुधबारदेखि परराष्ट्रमन्त्री उपेन्द्र यादवको कार्यकक्ष वनेको छ । यस्तै पूर्वराजा वीरेन्द्रले झण्डै तीन दशकसम्म निजी सचिवालय वनाएको कार्यकक्ष भने परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यको कार्यालय बनेको छ ।शितल निवासमा रहेको कार्यालयलाई नारायणहिटिमा सारिएको मन्त्रालयका प्रवत्ता सुरेन्द्र प्रधानले बताउनुभयो । परराष्ट्र मन्त्रालयलाई राष्ट्रपति भवनमा परिणत गरेपछि परराष्ट्र मन्त्रालय नारायणहिटीको पश्चिम ढोकाछेउ पूर्वराजाको सचिवालय र दरवारका कर्मचारी वस्दै आएको भवनमा लागिएको छ ।

No comments: