News

Jan 22, 2009

एक सैनिक जवानले गोली हानेर आफ्ना ६ सहकर्मीको हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोलकाता/ भारतको असम राइफल्सका एक सैनिक जवानले गोली हानेर आफ्ना ६ सहकर्मीको हत्या गरेको असम राइफल्सका प्रवक्ताले बताएका छन् । राइफल्सका प्रवक्ता मेजर शमशेरजंगका अनुसार यो घटना पूर्वात्तर राज्य मणिपुरको उखरुल जिल्लास्थित दुर्गम स्थानमा रहेको क्याम्पमा भएको थियो । भारतको असम राइफल्स अर्धसैनिक बलको हिस्सा मानिन्छ । गोली प्रहार गरेर ६ सहकर्मी मारेर सुरक्षकर्मी टिएस तंगखुल भागेका छन् । मेजर शमशेरजंगले टिएस तंगखुललाई पक्राउ गर्न सुरक्षाकर्मी खटाइएको बताएका छन् । साथीभाइसँग झगडा परेपछि तंगखुलले गोली चलाएको बताइएको छ । तंगखुलले एक सहकर्मीलाई गोली चलाउन खोज्दा अन्य सहकर्मीले उनलाई घेरेका थिए । तर, तंगखुलले सबैलाई गोली हानेर मारे ।

No comments: