News

Jan 21, 2009

बाबुराम भट्टराइलाई माओवादीले उपप्रधानमन्त्री बनाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अर्थमन्त्री एवं पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराइलाई माओवादीले उपप्रधानमन्त्री बनाउने भएको छ । पार्टी एकीकरणपछि पदहरुमा समानुपातिक रुपले मिलाउनुपर्ने अवस्था आएकाले यस्तो गर्न लागिएको बताइएको छ । भट्टराइलाई उपप्रधानमन्त्री बनाएपछि नेता नारायणकाजी श्रेष्ठलाई संविधानसभा दलको उपनेता बनाउने तयारी भइरहेको जनाइएको छ । हाल भट्टराइ उपनेता हुनुहुन्छ ।भट्टराइलाई उपप्रधानमन्त्री बनाए उता मधेसी जनअधिकार फोरमबाट पनि एकजना उपप्रधानमन्त्री बनाउने सम्भावना रहेको छ । सरकार गठन हुँदाकै अवस्थामा समेत तीनजना उपप्रधानमन्त्री राख्ने चर्चा चले पनि पछि एमालेका नेता तथा गृहमन्त्री वामदेव गौतमलाई मात्रै उपप्रधानमन्त्री बनाइएको थियो ।

No comments: