News

Jan 24, 2009

आन्दोलनरत हङकङका गुर्खा सेकुरिटी गार्डहरुले विजय उत्सव मनाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/प्रकाश केसी
बितेको चार दिनदेखि तलब बढाउनु पर्ने, बोनस एक वर्षको दिनु पर्ने लगायतका मागहरु राखी चरणबद्ध आन्दोलनरत, हङकङस्थित जीफोरयस कम्पनीमा कार्यरत गुर्खा सेकुरिटी गार्डहरुले यही शुक्रबार दिउँसो आफ्नो आन्दोलनको केही हदसम्म सुनुवाइ भएको भन्दै शनिबार दिउँसो काउलून पार्कमा जम्मा भई विजय उत्सव मनाउने भएका छन् । लगातार तीन तीन पटक सहमतिमा पुग्नका लागि कम्पनीका प्रतिनिधिहरु र आन्दोलनकारीहरुबीच वार्ताहरु भए तापनि उपलब्धिपूर्ण समाधान नखोजिएकोले यथावत राखिएको आन्दोलनमा कम्पनीले हार्डकोरमा लागेका १३० जना आन्दोलनकारीहरुलाई पत्रमार्फत तिनलाई कम्पनीले निकालेको कानूनी आधार खुलाएर जानकारी दिलाएको थियो तर हिजो तीन बजे अपरान्ह बसेको वार्ता टोलीबीचको सहमतिमा तिनलाई स्वेच्छाले आफू काम गर्ने वा नगर्ने भन्ने अधिकार हुने र गर्नेहरुलाई कम्पनीले लिने जानकारीसहित बोनसको रुपमा दिने प्रतिमहिनाको ३०० हङकङ डलरलाई तलवमा जोडिई तलव बढाउनका लागि जारी गरिएको माग पूरा गरिदिएको छ । दोस्रो वार्तामा तीन सय हङकङ डलर बोनसको रुपमा प्रतिमहिना दिने भनिएको थियो । एक किसिमले अभूतपूर्व रहेको यस आन्दोलनमा स्थानीय नेपाली संघसंस्थाहरुले एक्वेबद्धता जनाएका थिए ।

No comments: