News

Jan 22, 2009

सभासद बबन सिंहले सभामुखसँग बिशेष सुरक्षा माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीबाट आफ्नो ज्यान खतरा रहेको बताउदै हत्याको अभियोग लागेका सभासद बबन सिंहले सभामुखसँग बिशेष सुरक्षा माग गर्दैछन् । हत्याको अभियोग लागेका संविधानसभासद बबन सिंहले सत्तारुढ माओवादीबाट आफ्नो ज्यानमाथि खतरा रहेको दावी गर्दै सभामुख सुवास नेम्वाङसँग बिशेष सुरक्षा माग गर्ने बताएका छन् । माघ ९ गते बीरगंजको होटल मकालुमा पत्रकार सम्मेलन गर्दै सभासद सिंहले आजै सभामुखसँग बिशेष सुरक्षा माग गर्ने तथा बिशेष सुरक्षा पाएपछि जनकपुरमा मारिएकी पत्रकार उमा सिंहको हत्यामा को संलग्न छन् भन्ने खुलाशा गर्ने दावी गरे । बीरगंजका ब्यापारी राजेश क्यालको हत्याको अभियोगमा बीरगंजमा पक्राउ परेका सभासद सिंह माघ ८ गते तारेखमा रिहा भएका थिए । सभासद सिंहलाई अहिले पनि पर्सा प्रहरीले बिशेष सुरक्षा प्रदान गरिरहेको छ ।

No comments: