News

Jan 21, 2009

माओवादीले एकतापछि केन्द्रिय सदस्यहरुको जिम्मेवारी हेरफेर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकृकीत नेकपा माओवादीले एकतापछि केन्द्रिय सदस्यहरुको जिम्मेवारी हेरफेर गरेको छ । बुधबार सकिएको केन्द्रिय समितिले गरेका निर्णय सार्वजनिक गर्दै प्रवक्ता दिनानाथ शर्माले पार्टी संगठन विभागको जिम्मेवारी मोहन बैद्य किरणलाई र संसदीय फाँटको जिम्मेवारी नारायणकाजी श्रेष्ठ प्रकाशलाई दिएको छ ।जिम्मेवारी हेरफेरबारे गृहकार्यका लागि चार दिन स्थगित गरी मंगलबारबाट पुन बसेको बैठकले प्रवक्ता शर्मालाई सचिवालयमा बढुवा गर्दै पुन प्रवक्तामै कायम गरेको छ । शर्मालाई थप गरेपछि सचिवालय १६ सदस्यीय भएको छ । शर्माका अनुसार बैठकले अर्थमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराइको संयोजकत्वमा १३ सदस्यीय संविधान मस्यौदा सुझाव समिति गठन गरेको छ । यस्तै एकतापछि दुबै पार्टीका जनबर्गीय संगठनहरुलाई मिलान गर्नका लागि रामबहादुर थापा बादलको संयोजकत्वमा पाँच सदस्य मिलान समिति गठन गरेको छ । समितिमा माओवादीका तर्फबाट नेत्रविक्रम चन्द विप्लव, टोपबहादुर रायमाझी तथा मशालका तर्फबाट गिरिराजमणी पोखरेल र लिलामणी पोखरले रहनुभएको शर्माले जानकारी दिनुभयो । यसैगरी एकसय ३७ सदस्यीय केन्द्रिय सदस्यमा एकता केन्द्र मशालका कृष्ण भुजेल थप गरी एक सय ३८ पुर्‍याइएको छ । संविधानसभा दलका मुख्य सचेतक पोष्ट बहादुर वोगटीलाई कायमै गरी सचेतकमा जयपुरी घर्तीलाई नियुक्त गरेको छ । शर्माका अनुसार केन्द्रिय सदस्यमा थप गर्ने भनिएको अन्य ३७ जना तथा अध्यक्षको नेतृत्वमा हेडक्वाटर गठन गर्नेलगायतमा विषयमा भने छिट्टै बस्ने सचिवालय बैठकले निर्णय लिने छ ।

No comments: