लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०४ फेब्रुअरी, २०१०,एकीकृत माओवादीमा चौंथो धारको उदय भएको छ । चौंथो धारले वरिष्ठ नेताहरुलाई खबरदारी गर्दै जनमुखी संविधान निर्माणको पक्षमा पार्टी नेतृत्वलाई सचेत गराउने उद्देश्य बोकेको छ । उसले पार्टीको भावी कार्यदिशाको विवाद साम्य पार्नको लागि राष्ट्रिय स्वाधिनता, शान्ति र संविधान निर्माणलाई महत्व दिनेनिर्णय गरेको छ। नयाँ जन्मिएको चौंथो धारमा स्थायी समिति सदस्यहरु बर्षान पुन, टोपबहादुर रायमाझी,नेत्रबिक्रम चन्द र पोलिटब्यूरो सदस्य जनार्दन शर्मा लगायतका रहेका छन् । एकीकृत माओवादीमा भावी कार्यदिशा र प्रधान अन्तरविरोधका बारेमा नेताहरुबीच तीब्र मतभेद देखिएको छ । यद्यपि यो विवाद साम्य भएको छैन । माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य 'किरण' लगायतका केही नेताले तत्काल जनव्रि्रोहको कार्यनीति बनाउनुपर्ने जोड दिंदै आएका छन् भने अर्का उपाध्यक्ष भट्टर्राई लगायतका नेताहरुले भने माओवादीकै कारण स्थापित लोकतान्त्रिक गणतन्त्र संस्थागत गरेर अगाडि बढ्नुपन तात्कालीन कार्यदिशा रहनुपर्नेमा जोड दिईरहेका छन्।अध्यक्ष प्रचण्ड भने कुनै पनि पक्षमा उभ्याएका छैनन् । पछिल्लो पटक प्रचण्डले पनि संविधान बन्न नसक्ने ठोकुवा गर्दै जनबिद्रोहकै पक्षमा आफूलाई उभ्याउने कोशिश गरिरहेका छन् । यता फागुनको पहिलो सात गर्ने भनिएको पार्टीको विस्तारित बैठक भने माओवादीले स्थगित गरेको छ ।

No comments:
Post a Comment