News

Feb 3, 2010

ओबामा र तिब्बती धर्मगुरु दलाई लामासँगको भेट प्रायः निश्चित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वासिङ्टन/ अमेरिकी राष्ट्रपति बाराक ओबामा र तिब्बती धर्मगुरु दलाई लामासँगको भेट प्रायः निश्चित भएको ह्वाइट हाउसले जनाएको छ । मंगलबार मात्र चीनले दलाई लामासँग नभेट्न अमेरिकालाई चेतावनी दिएको थियो । केही दिनअघि मात्र अमेरिकाले ताइवानलाई ६ अर्ब ४० करोड डलरबराबरको सामरिक हातहतियार बेच्ने निर्णय गरेको थियो । यो निर्णयलगत्तै ह्वाइट हाउसले तिब्बतमा मानव अधिकारको पूर्ण बहालीका लागि चीनलाई दबाब दिएको छ । ताइवानलाई हतियार बिक्री, गुगल ह्याकिङ र दलाई लामाको विषयलाई लिएर अमेरिका र चीनबीच सम्बन्ध चिसिएको छ । अमेरिकी प्रवक्ता विल वर्टनका अनुसार राष्ट्रपति ओबामाले चिनियाँ नेताहरूसँग गत वर्षको भ्रमणमै दलाई लामालाई भेट्ने कुरा गरेका थिए । अहिले यस भेटको मिति मात्र पुष्टि गर्न लागिएको हो । 'दलाई लामा अन्तर्राष्ट्रिय रूपमा सम्मानित धार्मिक र सांस्कृतिक नेता हुन् । राष्ट्रपतिले उनीसँग शिष्टाचार भेट मात्र गर्ने भएकाले यससाई चीनले अन्यथा मान्नु हुँदैन,' वर्टनले भने । दलाई लामासँग अमेरिकी राष्ट्रपतिको भेटघाट हुने मिति हालसम्म तोकिएको छैन । दलाई लामा यसै महिनाको अन्त्यतिर क्यालिफोर्निया र ˆलोरिडा पुग्ने कार्यक्रम छ ।

No comments: