News

Feb 3, 2010

पोखरामा बर्ड फ्लु भेटिएपछि जनजीवन आतंकित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०४ फेब्रुअरी, २०१०,पोखराको घारीपाटनमा प्राणघातक रोग बर्ड फ्लु भेटिएपछि पोखरा लगायत देशभरको जनजीवन आतंकित बन्न पुगेको छ । प्राप्त समाचार अनुसार घारीपाटनस्थित राधाकृष्ण मन्दिर मार्गमा बर्डफ्लु फेला परेको हो । पोखरा उपमहानगरपालिका वडा नं ७ का ज्ञानबहादुर खड्काको घरका दुइ सय बढी घरपालुवा पंक्षी एकैपटक मरेपछि गरिएको परीक्षणमा बर्ड फ्लुको आशंका गरिएको हो । खड्काको घरमा पालिएका हाँस र कुखुरामा एच ५ एन भेटिएको पुष्टि सरकारले गरेको छ ।बेलायतस्थित बेलब्रिज ल्याब्रोटोरिज नामक प्रयोगशालामा परीक्षणका लागि पठाइएका ६ वटा नमूनामध्ये ६ वटामा नै एच ५एन १ फेला परेको कृषि तथा सहकारी मन्त्रालयस्रोतले जनाएको छ । खड्काको घरमा पालिका हाँस र कुखुरा मरेपछि नमूना संकलन गरी परीक्षण शुरु गरिएको थियो । अति संक्रमित यो रोग लागेको पंक्षीको सर्म्पर्कमा आउने मानिसहरुमा पनि सर्नी सम्भावना भएकाले सरकारले सुरक्षाका लागि सक्रिय रहन सम्बद्ध निकायहरुलाई निर्देशन जारी गरेको छ । क्षेत्रीय र जिल्ला तहका स्वास्थ्य कार्यालयहरुमा कन्ट्रोल रुम, निगरानी समूह, मेडिकल, सञ्चार समूह तयार गरिएको छ । पोखरामा कुखुरा तथा अन्य पंक्षीहरु आयात र निर्यातमा रोक लगाइएको छ । सतर्क रहन सबैलाई निर्देशन दिइएको छ । यस अगाडि नेपालमा बिसं २०६५ साल फागुन १३ गते झापामा बर्ड फ्लु फेला परेको थियो।

No comments: