News

Jun 15, 2010

प्रतिपक्षमै बस्नॆ प्रचण्डको प्रस्ताव बाबुराम पक्ष असन्तुष्ट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादी का वरिष्ठ नेता डा. बाबुराम भट्टराईको नाममा पार्टीले आगामी सरकारको नेतृत्व गर्ने गरी निर्णय गरे अन्य दलबीचमा सहमति हुन सक्ने कुरा बाहिर आइरहेको भए पनि सो पार्टीले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना क्षीण हुँदै गएको भन्दै प्रतिपक्षमा नै बस्ने संकेतसहितको प्रस्ताव पोलिटब्युरो बैठकमा राखेको छ।मंगलबारदेखि प्रारम्भ भएको पोलिटब्युरो बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने बितेको एक वर्षको योजना सफल नभएको र अब पनि त्यो सम्भावना क्षीण भएको उल्लेख गर्नुभएको छ।प्रतिपक्षमा नै बस्ने अध्यक्ष प्रचण्डको प्रस्तावप्रति नेता भट्टराई पक्षधरले भने सहमतिका लागि प्रयत्न गर्नुपर्ने भन्दै तत्कालै प्रतिपक्षमा बस्ने निर्णय गर्नुभन्दा सहमतिका लागि विकल्प खुला राख्नुपर्ने सोचाइ बनाएको बुझिएको छ।पार्टी अध्यक्ष प्रचण्डले आफ्नो नाममा अन्य दलले सहमति नगर्नु भनेको आफ्नो पार्टीलाई नै स्वीकार नगर्नु र पार्टीको विभाजनका लागि षड्यन्त्र हो भन्दै यस्तो अवस्थामा अब सरकार निर्माणभन्दा पनि कठोर भएर संघर्षमा जानुपर्ने समय आएको धारणा राख्नुभएको थियो।

No comments: