लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ २ - माओवादीले 'राजनीतिक बेइमानी' भएको ठहरसहित राष्ट्रिय सरकार नबनेसम्म कुनै सहमति नगर्ने जनाएको छ । अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमालेबाट जेठ १४ को सहमति कार्यान्वयन नभएका कारण अब उनीहरूसँग नयाँ सहमति गर्नुको अर्थ नरहेको बताएका हुन् । मंगलबारदेखि राजधानीमा प्रारम्भ पोलिटब्युरो बैठकमा उनले राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना कम हुँदै गएको बताएका छन् । प्रधानमन्त्रीको राजीनामा नआएसम्म लडाकु व्यवस्थापन कार्य अगाडि नबढाउने निष्कर्ष पनि उनले निकालेका छन् । सत्तापक्षले लडाकुको समायोजन र पुनःस्थापनाको स्पष्ट खाका ल्याएमात्र प्रधानमन्त्रीले राजीनामा दिने बताइरहेकै बेला दाहालले राजीनामा आएमात्र अन्य प्रक्रिया अगाडि बढाउन सकिने जनाएका हुन् ।
No comments:
Post a Comment